२०८० आश्विन १४, आईतबार
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी इन्टिग्रिटी आइकन नेपाल २०२१बाट सम्मानित हुनु भएको छ । प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेर सेवा प्रवाहमा खेलेको भूमिकाको कदर गर्दै प्रमुख जिल्ला अधिकारी पंगेनीलाई इन्टिग्रिटी आइकन नेपाल २०२१बाट सम्मान गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी पंगेनी सहित यस वर्ष इन्टिग्रिटी आइकनबाट भेरि अस्पतालका नर्सिङ्ग अधिकृत शिला शर्मा, भाषा आयोग अन्तर्गत मातृ भाषा शिक्षा शाखाका प्रमुख डा. लोक बहादुर लोप्चन, मकवानपुरगढि गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी र भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतम सम्मानित भएका छन् । प्रतिकुल समयका बाबजुत आफ्नो जिम्मेवारी नभुली निस्वार्थ सेवा प्रवाहमा निरन्तर लागि परिरहेका राष्ट्रसेवकका रुपमा पाँच जनालाई सम्मानित गरिएको हो ।यस वर्षका इन्टेग्रीटी आईकनहरूलाई देशभरीबाट प्राप्त भएका ३३५ मनोनयन बाट निर्णयक समितिले पाँच जनालाई छनौट गरेको हो ।
सार्वजनिक सेवामा रहेर जुनसुकै परिस्थितिमा पनि निष्ठापूर्वक जिम्मेवारी बहन गरी उदाहरण प्रस्तुत गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने र निष्ठापूर्ण समुदाय निर्माण गर्न यो अभियान थालिएको हो । भ्रष्टहरूलाई गाली वा औँला ठड्याउने मात्र हैन, इमानदार राष्ट्रसेवक कर्मचारीको पहिचान ,सम्मान र सहभागितामा संयन्त्र सुधार्न सकिन्छ भन्ने उद्देश्यका साथ सन् २०१४ मा नेपालबाट सुरु भएको यो अभियान आठौँ संस्करणसम्म आइपुग्दा विश्वका १५ वटा देशमा विस्तारित भइसकेको एकाउन्ट्याविलिटी ल्याब नेपालले जनाएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |