२०८० आश्विन ५, शुक्रबार
कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरमा यात्रु बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीका अनुसार आज बिहान साढे १० बजेको समयमा नवलपरासीको त्रिवेणीबाट काठमाण्डौका लागि छुटेको लु १ ख ९४ ७६ नम्बरको बस दुर्घटनामा परेको हो ।
पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका –१० , अरुणखोला र दुम्किबास बिचको जङ्गलमा आफै अनियन्त्रीत भएर बस पल्टिएको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिनुभयो ।
बस दुर्घटनामा परि घाइते भएका ४२ जना मध्य ३७ जनाको मध्यविन्दु जिल्ला अस्पताल र ५ जनाको दुम्किबासमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिनुभयो । घाइते सबै खतरा मुक्त रहेको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |