२०८० आश्विन ५, शुक्रबार
कावासोती । कावासोती नगरपालिकाको समन्वयमा प्रभु बैंकले ज्येष्ठ नागरिकलाई शनिबार समेत सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ । चाडपर्वको समयमा सामाजिक सुरक्षा भत्ता लिन ज्येष्ठ नागरिकलाई अन्य दिन भिडभाड हुने र असहज हुने भएपछि बैंकले शनिबार सामाजिक सुरक्षा भत्ता बितरण गरेको हो ।
कावासोती नगरपालिका अन्र्तगत वडा नम्बर ८ बाट सामाजिक सुरक्षा भत्ता लिदैं आएका ज्येष्ठ नागरिकलाई प्रभु बैंक कावासोती शाखाले शनिबार बैंक खोली भत्ता रकम प्रदान गरेको हो ।
दशैँको समयमा ज्येष्ठ नागरिकको हात खाली नहोस् र अन्य दिन भिड हुने भएकाले रकम लिन कष्ट हुने भएकाले सहजताका लागि बैंक सँग समन्वय गरि शनिबार रकम बितरण गरिएको कावासोती नगरपालिकाले जनाएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |