२०८० आश्विन ११, बिहिबार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको प्रतिवाद नगरी आउँदो चुनाव नजितिने बताएका छन् ।शनि बार ललितपुरमा आयोजित पार्टी कार्यक्रममा उनले अबको डेढ वर्ष एमालेलाई गणतन्त्रविरोधी र संघीयताविरोधी भनेर स्थापित गर्न पार्टी कार्यकर्तालाई आग्रह गरे ।
‘केपीको हातमा नेतृत्व छ र उनले फेरि एकचोटी माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन् । उनले डेढ वर्षभित्र हामी सरकारमा जान्छौं भनेका छन्’ उनले भने, ‘देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिदैन । यी जाली फटाहाहरुले अहिले हामीलाई हेप्न खोजेका छन्, तिनको सातो खाने ।’
प्रचण्डले अघि भने, ‘छाती खोलेर भन्नु‘ हामीले बनाएको हो संविधान । यिनीहरु विरोधी हुन् भन्दै हिँडनुहोस् । पार्टी कमिटी बनाउनुस्, जनतामा जानुस् । को बेइमान हो बुझाउनुस् । डेढ वर्ष आँखा चिम्लेर मेहनत गरौं ।’ अध्यक्ष प्रचण्डले तत्कालिन नेकपामा केपी शर्मा ओलीले छलकपटको बाटो लिएपछि उनीविरुद्ध आक्रमण गरेको बताए । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको पनि बताए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |