२०८० आश्विन ५, शुक्रबार
कावासोती । सि डिभिजन छनौट खेल खेलिरहेको कावासोतीको २८ बिगाहा युवा क्लबलाई सांसद तिलक महतले ५१ हजार सहयोग प्रदान गर्नु भएको छ । काठमाण्डौमा छनौट खेली रहेका खेलाडीहरू लाई प्रोत्साहन गर्दै सहयोग प्रदान गर्नु भएको हो । कावासोतीका खेलाडीहरूको टोलीलाई काठमाण्डौमा भेटेर सांसद महतले सहयोग रकम हस्तान्तरण गर्दै खेलको सफलताको शुभकामना समेत दिनु भएको छ ।
सि डिभिजन छनौट खेलका लागि कावासोतीको २८ बिगाहा युवा क्लब सहित देश भरका ७८ टिम यति बेला काठमाण्डौमा छनौट खेलमा प्रतिस्पर्धा गरिरहेका छन् । छनौट खेलबाट तीनवटा क्लब सि डिभिजनमा प्रवेश गर्नेछन् । सि डिभिजनमा प्रवेश गर्ने क्लबले रेलिगेसनमा नपर्दा सम्म सि डिभिजन लिग खेल्न पाउने छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |