२०८० आश्विन १४, आईतबार
कावासोती । चाडपर्वलाई लक्षित गरि नवलपुमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । जिल्लाको गैंडाकोट,कावासोती र दुम्किबासमा गरि तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख नारायण थापाले बताउनुभयो । यात्रुहरुलाई पर्ने समस्यामा तत्काल सहायता गर्नकोलागि सहायता कक्ष स्थापना गरिएको उहाँले बताउनुभयो ।
चाड पर्वको समयमा यात्रुलाई वसमा यात्रा गर्दा हुने बिभिन्न समस्या समाधानका साथै यात्रु बाहक बसको नियमनकालागि यात्रु सहायता कक्ष स्थापना गरिएको प्रमुख थापाले बताउनुभयो । ‘यात्रुहरु बस नपाएर अलपत्र नपरुन र बसले जथाभावी यात्रुलाई चढाएर दुख पनि नदिउन भनेर यात्रु साहयता कक्ष स्थापना गरेका हौं’ प्रमुख थापाले भन्नुभयो –तिब्र गतिमा सवारी चलाउने प्रतिस्पर्धा पनि हुन्छ, यसलाई समेत नियमन गर्नेछौ ।
ट्राफिक प्रमुख थापाका अनुसार यात्रु सहायता कक्षमा नेपाल प्रहरी सहितको टोली खटिने छ । सहायता कक्षमा खटिएको टोलीले यात्रुबाट बढीभाडा लिएर ठग्ने , राम्रो सिट मिलाईदिन्छु भन्दै यात्रुलाई जथाभावी राख्ने जस्ता कार्यको नियन्त्रण गर्नेछन् । सहायता कक्षबाट कुनै यात्रुले बस नपाएर अलपत्र परेमा उनिहरुलाई सहयोग गर्ने काम समेत गरिने ट्राफिक प्रहरी प्रमुख थापाले बताउनुभयो । भाडादर धेरै लिने,सिट भन्दा धेरै यात्रु राख्ने जस्ता नियम बिपरितका कार्य गरेमा त्यस्ता सवारीलाई तत्काल कार्वाही गरिने उहाँले बताउनुभयो ।
चाडपर्वको समयमा यात्रुहरुलाई ठग्ने देखी दुव्यवहार गर्ने गरको गुनासो आउने हुदा यसको नियमनका लागि यात्रु साहयता कक्ष सहयोगी बन्ने उहाँले बताउनुभयो । यात्रुहरुको बढी चाँप हुने जिल्लाका तीन स्थानमा यात्रु सहायता कक्षको स्थापना गरिएको प्रमुख थापाले बताउनुभयो ।
‘यात्रा गर्दा सुरक्षित रुपमा यात्रा गरुन भन्ने हो , यात्रामा कसैले दिएका खानेकुरा नखाने, गरगहना लगाएत आफ्ना बहमूल्य सामानको सुरक्षा गर्ने सन्देश पनि दिन्छौ’ ट्राफिक प्रमुख थापाले भन्नुभयो ।आवश्यक परे जिल्लाको रजहर र चोरमारामा समेत यात्रु सहायता कक्ष थपिने प्रमुख थापाले बताउनुभयो । छठ पर्व सम्म सहायता कक्षमा सेवा प्रदान गरिने उहाँले बताउनुभयो ।
यस्तै कोभिडको महामारीका कारण बन्द अवस्थामा रहेको ‘रिपे्रस सेन्टर’ समेत आउदो साताबाट सुरु गर्न लागिएको ट्राफिक प्रमुख थापाले बताउनुभयो । जिल्लाको कावासोतीमा रहेको रिफे्रस सेन्टरमा रातिको समयमा लामो दुरीका सवारीहरुलाई राखि चालकको रक्तचाँप परिक्षण गर्ने देखी चालकहरुलाई आराम गर्ने व्यवस्था गर्ने गरिन्छ । एकोहोर गाडि चलाउदा बढि थाक्ने , निदाउने आदिका कारण दुर्घटना हुन सक्ने भएकाले रिपे्रस सेन्टरमा १५ मिनेट राखेर बसहरु छाड्ने गरिन्छ । राति ११ बजे देखी साढे तीन बजे सम्ममा आउने सवारीहरुलाई रिफे्रस सेन्टरमा राख्ने गरिन्छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |