२०८० आश्विन ५, शुक्रबार
राजु चापागाई । देवचुली । नवलपुरको देवचुली ५ मा दुई आमा समुहलाई धान काट्ने मेसिन वितरण गरिएको छ । देवचुली ५ मा रहेका लाङ्घाली आमा समूह र नव प्रभात आमा समुहलाई १/१ थान धान काट्ने मेसिन वितरण गरिएको हो । देवचुली ५ को वडागत बजेटबाट अनुदानमा उक्त मेसिनहरु वितरण गरिएको देवचुली ५ का अध्यक्ष शिवलाल सापकोटाले बताउनुभयो । उहाँका अनुसार कृषकहरुलाई धान काट्ने मेसिनले धान काट्दा कम खर्च लाग्ने र सहज हुने भएकाले दुई आमा समुहले व्यवस्थापन गर्ने गरि धान काट्ने मेसिन वितरण गरिएको हो ।
कार्यक्रम देवचुली ५ का अध्यक्ष शिवलाल सापकोटाको अध्यक्षता र देवचुली नगरपालिका कृषि शाखा प्रमुख नरेन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो। त्यस्तै कार्यक्रममा वडा सदस्यहरु,स्थानीय राजनैतिक दलका प्रतिनिधिहरु,विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |