२०८० आश्विन १४, आईतबार
नवलपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत भएको गाउँ /नगर अधिवेशनले नयाँ नेतृत्व चुनेको छ । नवलपुरका आठ वटै स्थानीय तहमा नयाँ नेतृत्व चयन गरिएको छ । नवलपुरका आठ वटा स्थानीय तह मध्य बुलिङ्टार गाउँ कार्य समितिमा सहमतिमा नेतृत्व चयन गरिएको छ । अन्य ७ वटा स्थानीय तहमा भने मतदानबाट नेतृत्व चयन गरिएको हो ।
स्थानीय तहको निर्वाचनको झल्को दिनेगरी कांग्रेसको नयाँ नेतृत्व चयनका लागि नवलपुरका सात स्थानीय तहमा निर्वाचन सम्पन्न भएको छ । बुलिङटार गाउँ कार्य समितिमा सर्व सम्मत रुपमा ओम कुमार श्रेष्ठको सभापतित्वमा नयाँ नेतृत्व चयन गरिएको छ ।
हुप्सेकोट गाउँ कार्य समितिमा भने मतदानबाट नयाँ नेतृत्व चयन गरिएको हो । हुप्सेकोटमा बलबहादुर रानाको सभापतित्वमा नयाँ नेतृत्व चयन गरिएको छ । उहाँले निर्वाचनमा ओमन सिँह रजालीलाई पराजित गर्नुभएको हो । बल बहादुर रानाले ६७ मत प्राप्त गर्दा ओमन सिँह रजालीले ४३ मत प्राप्त गर्नु भएको थियो ।
विनयी त्रिवेणी गाउँ कार्य समितिको सभापतिमा अजित कुमार थापा निर्वाचित हुनु भएको छ । उहाँले गम्बिर श्रेष्ठलाई पराजित गर्नु भएको हो ।अजित कुमार थापाले १११ मत ल्याँउदा गम्बिर श्रेष्ठले ६० मत ल्याउनु भएको थियो ।
यता देवचुली नगर सभापतिमा भने सभापतिका दुवै उमेदवारको बराबर मत आएपछि गोला प्रथाबाट सभापति चयन गरिएको छ । सभापतिका उम्मेदवार रविलाल सापकोटा र डिल्लिराम कडरियाले समान १४७ मत प्राप्त गरेपछि गोलाप्रथाबाट डिल्लिराम कडरिया विजयी हुनुभएको हो ।
जिल्लाको पहाडी गाउँपालिका अन्र्तगत पर्ने बौदिकाली गाउँ कार्य समितिको सभापतिमा खडक बहादुर राना९केवि राना ० निर्वाचित हुनु भएको छ । उहाँले ५५ मत ल्याएर विजयी हुँदै गर्दा उहाँका प्रतिस्पर्धी मन बहादुर सारुले ३८ मत प्राप्त गर्नु भएको थियो ।
गैंडाकोट नगर सभापतिमा बद्रि सापकोटा निर्वाचित हुनु भएको छ । उहाँले खेमराज सापकोटालाई पराजित गर्नु भएको हो । बद्रि सापकोटाले ३१३ मत ल्याँउदा खेमराज सापकोटाले १५५ मत प्राप्त गर्नु भएको थियो ।
जिल्लाको सदरमुकामको रुपमा रहेको कावासोती नगरपालिका अन्र्तगत नगर सभापतिमा शालिकराम ढकाल निर्वाचित हनु भएको छ । निर्वाचित ढकालले २२३ मत ल्याँउदा उहाँका प्रत्यासी अमृत श्रेष्ठले १४३ मत प्राप्त गर्नु भएको थियो ।
यस्तै मध्यविन्दु नगरपालिकामा भने दोमन भण्डारी निर्वाचित हुनु भएको छ । उहाँले कुल बहादुर रानालाई पराजित गर्नु भएको हो । भण्डारीले १५४ मत ल्याउदा रानाले १२३ मत प्राप्त गर्नु भएकाे थियाे ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |