२०८० आश्विन १२, शुक्रबार
कावासाती । थारु समुदायका महिलाहरुको पर्व जितियाको अवसर पारेर कावासोती १२ पिठौलीमा आयोजना गरिएको महिला फुटबल प्रतियोगिताको उपाधी अभिषेक चर्च रजहरले जितेको छ ।
अभिषेक चर्च रजहर र भेडावारी महिला फुटवल क्लबबीच भएको फाईनल प्रतिस्पर्धामा निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो ।
ट्राईबे्रकरमा अभिषेक चर्च रजहरले भेडावारीलाई तिन दुई गोल अन्तररले पराजित गरेको हो । विजेता हुदै अभिषेक चर्चले नगद २० हजार नगद ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । दोश्रो हुने भेडावारीले नगद १५ हजार , ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै तृतीय भएका दुई वटा समुह अरुणोदय सामुदायिक विकास केन्द्र र माउन्टेन फुटवल क्लबले नगद ५ हजार , मेडल र प्रमाणपत्र प्रदान गरियो । यस्तै उत्कृट खेलाडी , जिल्लाको विभिन्न समयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेल खेल्ने महिला खेलाडीहरु र सहयोगीदाताहरुलाई कदरपत्रले सम्मान गरिएको थियो ।
प्रतियोगितामा जिल्लाका पाँच वटा समूहले सहभागिता जनाएका थिए । डाइमण्ड युथ सोसाईटी कावासोती १२ को आयोजनामा भएको प्रतियोगिताको एक औपचारिक कार्यक्रमाबीच समापन समेत गरिएको थियो । कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनीया थारुको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा कावासोती वडा नं १२ का अध्यक्ष खेम प्रसाद काफ्ले , जिल्ला खेलकूद विकास समितीका अध्यक्ष सेतमान पुन लगायत विभिन्न सामाजिक व्यक्तीत्वहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम डाइमण्ड युथ सोसाईटीका अध्यक्ष लिलामणी खनालको अध्यक्षतामा भएको हो ।
डाइमण्ड युथ सोसाईटीले प्रतेक वर्ष थारु समुदायको जितिया पर्वको अवसर पारेर विभिन्न खेलकूद प्रतियोगिताहरुको आयोजना गर्दै आएको छ । महिला खेलाडीहरुको हौसला प्रदान गर्नका लागि पनि महिलाका लागि खेलको आयोजना गरेको अध्यक्ष खनालले बताउनुभयो । असोज ८ गतेबाट सुरु भएको प्रतियोगिता ११ गते सकिएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |