२०८० आश्विन ११, बिहिबार
बिबेक भण्डारी । देवचुली । देवचुली नगरपालिका वडा नम्बर पाँचमा दुईवटा बोरिङ्गको एकै पटक सिलन्यास गरिएको छ । प्रतिनिधिसभाका सांसद सत्यनारायण खनालको प्रमुख आतिथ्यतामा एकै पटक दुईवटा बोरिङ्ग सिलन्यास गरिएको हो । कदमपुर देवीथान डिप बोरिङ्गका समितिले एक कार्यक्रम नै आयोजना गरि बोरिङ्ग शिलन्यास गरेको छ । शिलन्यास कार्यक्रममा प्रमुख अतिथि रहनुभएका सासंद खनालले कदमपुर क्षेत्रका युवाहरुको अनुरोधमा बोरिङ्गका लागि बजेट विनियोजन गरिको बताउनुभयो ।
उहाले शिलन्यास गरिएको बोरिङ्ग निर्माण पछि संञ्चालन गरि कृषकलाई सिंचाईका लागि सहज बनाउन र उत्पादन बृद्धि गर्न आग्रह गर्नुभयो । गाउँमा एकै पटक दुईवटा बोरिङ्ग शिलन्यास हुदा स्थानिय खुशी भएका छन । सिंचाईको सहज पहुच नहुदा उत्पादन बृद्धि गर्न नसकेका किसानहरुले बोरिङ्ग संञ्चालन पछि उत्पादन बृद्धि हुने र हिउदे र नगदे बालि समेत लगाउन सकिने बताए ।
कार्यक्रममा देवचुली वडा नम्बर पाँचका वडा अध्यक्ष शिवलाल सापकोटा, देवचुली दुईका वडा अध्यक्ष माधव केसी, समाजसेवि असोक बस्ताकोटी,प्रदिपराज घिमिरे, सुन्दर पाण्डे, गोविन्द रेग्मी, दिपेन्द्र थापा लगायतको सहभागिता रहेको थियो । कदमपुर देवीथान डिप बोरिङ्गका समितिका अध्यक्ष नन्दबहादुर सारुका अनुसार करिव एक करोड ९० लाखको लागतमा दुईवटा डिप बोरिङ्ग तयार हुने बताए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |