• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन १२, शुक्रबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

२ दिन अघि
२

नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

३ दिन अघि
३

हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

४ दिन अघि
४

कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

४ दिन अघि
५

असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

५ दिन अघि
६

प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

६ दिन अघि
७

पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने

६ दिन अघि
८

कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

६ दिन अघि
९

कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

१ हफ्ता अघि
१०

आहा मनै लोभ्याउने फुङफुङ्गे झरना

१ हफ्ता अघि
११

असुरक्षित गर्भपतनले मातृ मृत्यु कम गर्न चुनौती

१ हफ्ता अघि
१२

भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा

१ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

केरुङ्गे कहर : कावासोती दोश्रो मेलम्ची बन्ने खतरा !

दयाराम आचार्य १९६१ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन १०, आईतबार (२ साल अघि)

कावासोती । केरुङ्गे खोलाको मुहान क्षेत्रमा संरक्षणको कमी र तल्लो क्षेत्रमा अव्यवस्थीत दोहनले कुनै पनि बेला कावासोती दोश्रो मेलम्ची बन्ने खतरा रहेको छ । केरुङ्गको मुहानको रुपमा मानिएको राम्चे क्षेत्रमा भू क्षयिकरण हुने क्रम बढ्दै जादा र तल्लो क्षेत्रमा केरुङ्गेको सही व्यवस्थापन नगर्दा खोला बस्तीमा प्रवेश गरि तहसनहस गर्ने खतरा सधैँ कायम रहेको छ ।


कुनै समय एक दुई मिटरको खोला अहिले हात्तीखोर क्षेत्रमा दुई सय मिटर बढी र अन्य स्थानमा कम्तिमा ५० मिटर चौडा भएको छ । केरुङ्गे खोलाले सयौँ बिघा जमिन कटान गरेको छ । कावासोतीको हात्तीखोरबाट बस्ती क्षेत्रमा प्रवेश गर्ने यस खोलाले कावासोती १, ५,३,४,९,१६,१४ ,१५ सहित हुप्सेकोट गाउँपालिका ४ को सयौँ बिघा खेती योग्य जमिन कटान गरिसकेको छ । तर यसको व्यवस्थित नियन्त्रणका लागि भने दीर्घकालिक योजना अझै बन्न सकेको छैन् । यसले थप चिन्ता निम्ताएको छ । कावासोती बजार भन्दा खोलाको सतह क्रमश बढ्दै गएको छ । कावासोती ३ र ५ बाट कुनै पनि समय खोला कावासोती बजार क्षेत्रमा प्रवेश नगर्ला भन्न सकिँदैन । दुर्भाग्यवस कावासोती ५ को कालिका मावि देखि हात्तिखोर सम्मको क्षेत्रबाट खोला बस्तीमा पसे कावासोती बजारको अस्तित्वनै सङ्कटमा नपर्ला भन्न सकिदैन ।
केरुङ्गे खोलामा आउने बाढीको पछिल्लो स्वरूपले खतराको संकेत गर्दै गएको छ ।यसवर्षको बाढीमा अन्य वर्ष भन्दा धेरै ठूला ढुङ्गाहरू केरुङ्गेमा देखिएका छन् । यसले मुहान क्षेत्रको पहाडमा ठूलो पहिरोको संकेत गरेको छ । यसैले मुहान क्षेत्रको अवस्था विश्लेषण गरि समयमै उक्त क्षेत्रमा ठूलो भू क्षयिकरण हुन नदिन रोकथामका उपाय अपनाउन आवश्यक रहेको छ । त्यति मात्रै होइन तल्लो क्षेत्रमा व्यवस्थित रुपमा नदीजन्य पदार्थ नियमित निकास र मजबुत ड्याम बनाउन उत्तिकै आवश्यक छ । बजार क्षेत्र भन्दा खोलाको सतह होचो बनाउन नियमित व्यवस्थापनको खाँचो रहेको छ ।
केरुङ्गे साझा समस्या हो, बृहत योजनाको खाँचो छ: सांसद महत


केरुङ्गे खोलाको क्षति न्यूनिकरणका लागि वृहत परियोजना बनाउन आवश्यक रहेको सांसद तिलक महतको भनाई छ । स्थानीय, प्रदेश र संघ सबैले आफ्नै समस्या हो भनेर नियन्त्रणको योजना बनाउन पर्ने उहाँ बताउनुहुन्छ । यसको अगुवाइ कावासोती नगरपालिकाले गर्नुपर्ने उहाँको सुझाव रहेको छ । ‘ नगरपालिकाले नै वृहत डिपिआर बनाएर काम शुरु गर्नुपर्छ । डिपिआर बनायो भने संघीय र प्रदेश सरकारसँग हामिले समन्वय गर्नुपर्छ यो साझा समस्या हो ’ सांसद महत ।
यहाँको श्रोतको तत्काल परिचालन गरि हाल क्षति पुगेका ठाउँमा धेरै प्रतिशत लगाउन र अन्य स्थानमा सोही अनुसार काम गर्नुपर्ने उहाँको राय छ । श्रोत सुनिश्चितताको पहलका लागि कावासोती नगरपालिकाले पहिला डिपिआर बनाउनुपर्ने उहाँले बताउनुभयो ।
‘खेती योग्य जमिन कटान छ ,नम्बरी जमिनमा खोला हिँडिरहेको छ , त्यो मात्रै होइन नगरपालिकामा करिब १ लाख जनसंख्या भएकोमा केरुङले ६० हजार जनसंख्यालाई प्रभावित गर्दै छ , सतह हेर्ने हो भने कावासोतीको बसोबास गरेको जमिन भन्दा खोलाको सतह माथि पुगेको छ । केही मिटर माथि देखिन्छ । तत्काल यसको समाधान भनेको तटबन्धन र श्रोतको परिचालन हो किनभने यो खोला उठ्दै गएको छ. यसलाई रोक्ने हो भने झन विनास भन्दा अरु हुदैन’ सांसद महतले भन्नुभयो– नगरपालिकाले योजना बनाएर बढि क्षति नहुने गरि उत्खनन् गर्ने र वृहत योजना बनाई सबैले साथ दिएर व्यवस्थापनको अभियान संचालन गर्नुपर्छ ।

केरुङ्गेको अहिलेको अवस्थाले कावासोती बजार समेत केही समय अघि बाढीको पहिरोको चपेटामा परेको अहिलेको मेलम्चिको संभावनाको नजिक देखाएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । १०÷ १५ वर्ष देखी यताको अवस्था हेर्दा अहिलेको बाढिले ढुङ्गा थुप्रै रुख बाढीले ल्याएको उहाँको धारणा छ । बस्ति भन्दा खोलाको सतह माथि उठेकाले नियमित गिटि बालुवा निकासको योजना बनाउन समेत आवश्यकता रहेको उहाँको भनाई छ । ‘पुलहरु, सडकहरुलाई सूरक्षित गरि व्यवस्थित रुपमा श्रोतको निकासलाई ध्यान दिनुपर्छ’ सांसद महतले भन्नुभयो ।
कावासोती दोश्रो मेलम्ची बन्न सक्छ:स्थानीय अगुवा भुषाल


केरुङ्गेबाट थप क्षति हनु नदिन मुहान क्षेत्रको संरक्षणमा ध्यान दिनुपर्ने स्थानीय अगुवा विष्णुप्रसाद भुषालको धारणा रहेको छ । त्यसकालागि मुहान क्षेत्रका बस्तीलाई तल स्थानान्तरण गरि सो क्षेत्रमा बायो इन्जिनियरिङ गरेर रिटर्निङ वाल लगाएर संरक्षण गर्नुपर्ने बताउनुभयो । साथै त्यहाँको माटो सूहाउदो वृक्षारोपण गर्नुपर्ने समेत उहाँको धारणा रहेको छ ।
‘२०२९ साल तिर केरुङ्गे गहिरो र नियमित पानि बग्ने गर्थ्यो, पछि खोरिया फाड्ने काम भयो, २०३६को जनमत संग्रम वन फडानी तिव्र बन्यो, यसले खोलाको आकारमा परिवर्तन हुदै गयो’ भुषालले भन्नुभयो ।
मुहान क्षेत्रमा मानवीय कृयाकलापले पहाड झन कमजोर बन्दै जादा खोला थप खहरेमा परिवर्तन हुन सक्ने उहाँको आकंलन छ ।यस्तै फलाम उत्खनन्को कुरा चलिरहदा यो खोलाले कावासोतीलाई अर्को मेलम्चीका रुपमा परिवर्तन गर्न सक्छ कि भन्ने चिन्ता उहाँमा रहेको छ ।
केरुङ्गे कावासोती १ हात्तीखोरबाट प्रवेश गरेपछी कावासोती १५ सम्म १५ किलोमिटर लम्बाईको रहेको छ । १५ किलोमिटर मध्य केही भाग वनले गर्दा सुरक्षित रहेको छ । दुवै तर्फ गरेर करिब २५ किलोमिटरमा दीर्घकालीन योजना बनाएर संरक्षण गर्नुपर्ने कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका पूर्व अध्यक्ष समेत रहनुभएका भुषालले बताउनुभयो ।
‘खोलाबाट उत्खनन् भएको गिटिको आम्दानीको ५० प्रतिशत यसै खोलामा लगाएर पाँच वर्षमा भित्रमा तटबन्ध र पुरानो अवस्थामा फर्काउन सकिने उहाँको राय रहेको छ । अन्यथा कावासोत नगरपालिका ५ का कुनै पनि क्षेत्रबाट खोला बजार प्रवेश गरि तहसनहस गर्ने खतरा देखिन्छ’ भुषालले भन्नुभयो हिजोको खोलाको प्रकृति र आजको अवस्था हेर्दा तेस्तै देखाएको छ । यसलाई समयमै व्यवस्थापन गर्न नसके खोलाले पुर्याउने जनधनको क्षति भयावह हुने उहाँले बताउनुभयो ।
अव्यवस्थित विकासले विनास निम्तायो:शिव प्रसाद भट्टराई


‘अव्यवस्थित विकासले विनास निम्ताएको स्थानीय अगुवा शिव प्रसाद भट्टराईको भनाई रहेको छ । धौवादी पहाड श्रृखलाका बिभिन्न क्षेत्रहरुमा केरुङ्गेका मुहान रहेका छन् । अहिले विकासको नाममा दुई वटा घर भएका क्षेत्रमा समेत डोजरले खनि खनि बाटो लाने प्रवृति रहेको छ,यसले थप क्षति पुर्याईरहेको छ’ भट्टराइले भन्नुभयो ।
‘पहिला दुवै तर्फ दायावाया खेत थिए । हालको हुप्सकोट ४ र हात्तीखोर काईलापानीका बासिन्दाले खेती गर्थे ,सानो थियो खोला मैले थाहा पाए सम्म ४६ पछि थप भयावह बन्दै गयो’ मैले देखेको केरुङ्गे – शिव प्रसाद भट्टराई ।
‘अहिलेकै अवस्था रहे कावासोतीको भविष्यनै अन्धकार रहेको देखेका छौं । यसलाई छिटो भन्दा छिटो स्थानीय निकाय ,नेपाल सरकारले डिपिआर तयार गरि तटबन्ध गर्नुपर्ने छ’ भट्टराईले भन्नुभयो ।

फलाम खानी संचालन हुदाँ बस्ती के होला ? पूर्व जनप्रतिनिधि श्याम राना


कावासोतीको केरुङ्गे खोलाको मुहान राम्चे, हर्देखोला, धौवादी, काउले, ल्हापे, बसेनी ,पोखरी लगायत रहेको र फलाम खानी समेत यसै क्षेत्रमा रहेकाले भोली खानी उत्खनन् सुरु हुँदा कावासोतीको बस्ती के हुने हो आंकलन गर्न नसकीने बताउनुहुन्छ २०५४ सालाको निर्वाचनमा साविक शिवमन्दीर ८मा वडा अध्यक्षमा निर्वाचित स्थानीय श्याम रानाले ।
केरुङले अहिले सतहभन्दा करिब ५ मिटर माथि उठेको र यसले हात्तीखोर बस्ती थप जोखिममा परेको उहाँको भनाई रहेको छ । यसले कावासोती बजारनै जोखममा पर्ने देखिएको रानाले बताउनुभयो ।
निरन्तर खोलाको स्वरुप परिवर्तन हुदै जादा क्षतिहरु बढदै गइरहेको छ । अहिले पनि खेती योग्य जमिन कटान तिव्र रहेको छ । यस्तै खानेपानीका संरचना, नहरहरुमा खोलाले ठूलो क्षति पुर्याइरहेको छ । खोलाको आकार र स्वरुप परिवर्तन हुदँै जादा जिल्लाकै सदरमुकामको रुपमा रहेको कावासोतीको भोलीको भविश्य प्रति केरुङ्गे खोलाले धावा बोली रहेको छ । तसर्थ सदरमुकामको भविश्य सुरक्षित बनाउन समयमै केरुङ्गेको व्यवस्थापनामा सबै चिन्तित भएर तत्काल योजनाबद्ध रुपमा लाग्न आवश्यक रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%१%४%१%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

  • नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

  • हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

  • कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

  • समाचार
  • १

    दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने
    २ दिन अघि

  • २

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध
    ३ दिन अघि

  • ३

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष
    ४ दिन अघि

  • ४

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण
    ४ दिन अघि

  • ५

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ
    ५ दिन अघि

  • ६

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका
    ६ दिन अघि

  • ७

    पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गर्ने
    ६ दिन अघि

  • ८

    कोशी, मधेस र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
    ६ दिन अघि

  • ९

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण
    १ हफ्ता अघि

  • १०

    आहा मनै लोभ्याउने फुङफुङ्गे झरना
    १ हफ्ता अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

    नवलपुर प्रेस
    २

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

    नवलपुर प्रेस
    ३

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

    नवलपुर प्रेस
    ४

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

    नवलपुर प्रेस
    ५

    प्रदेश अधिवेशनको प्रतिनिधि छनौटका लागि एमाले नवलपुरले सार्वजनिक गर्यो कार्यतालिका

    नवलपुर प्रेस
    ६

    कावासाेती -१, द्वारा नाैमती बाजा हस्तान्तरण

    नवलपुर प्रेस
    ७

    नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि रु. ४ करोड बजेट

    नवलपुर प्रेस
    ८

    नारायणी नदिमा पाैडीखेल्ने क्रममा डुबेर गैँडाकाेटका एकै घरका दुई बालककाे मृत्यु

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution