२०८० आश्विन १४, आईतबार
तिर्थराज डुम्रे । चोरमारा । नेकपा एमाले नवलपुरका अध्यक्ष एवम् गण्डकी प्रदेश सभा लेखा समिति संयोजक रोशन बहादुर गाहाले अबको शिक्षा व्यवसायिक र प्राविधिक शिक्षा हुनुपर्ने बताउनु भएको छ ।
अनेरास्ववियु मध्यविन्दु नगरकमिटीको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि गाहाले शिक्षा क्षेत्रमा विद्यमान विकृति र विसङ्गति विरुद्ध विद्यार्थी आन्दोलन सशक्त ढंगबाट अगाडि बढ्नु पर्ने बताउनुभयो । शिक्षालाई व्यवसायिक, प्राविधिक र नैतिकवान् बनाउन सबै पक्ष गम्भीर बन्न आवश्यक रहेको बताउनुभयो । देशमा भएको ठुला राजनीतिक परिवर्तन विद्यार्थी आन्दोलनको जगमा स्थापित भएको भन्दै प्राप्त उपलब्धि रक्षाको लागि पनि विद्यार्थी आन्दोलन सदैव सजग रहनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले सचिवालय सदस्य भिमलाल अधिकारी विद्यार्थी आन्दोलनबाट स्थापित नेताहरूले राष्ट्रको प्रमुख नेताहरूको रुपमा स्थापित भएको सन्दर्भ उल्लेख गर्दै राष्ट्र परिवर्तनको आधारशिला विद्यार्थी आन्दोलन रहेको बताउनुभयो । अनेरास्ववियु देशको प्रमुख विद्यार्थी संगठन रहदै आएको गर्विलो इतिहासबारे विद्यार्थीले गर्व गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले मध्यविन्दु नगरकमिटी अध्यक्ष मधुविलास अधिकारीले मध्यविन्दु नगरपालिकामा एमाले नेतृत्व स्थापनाको लागि विद्यार्थीहरूले आफ्नो स्थानबाट प्रयासहरूको थालनी गर्न आग्रह गर्नुभयो ।
अनेरास्ववियुका नेता विष्णु पौडेलले अनेरास्ववियु र अन्य विद्यार्थी संगठन बिच के फरक छ भन्ने विषयमा सबै विद्यार्थीहरूको जानकार हुन पर्ने बताउनुभयो । उहाँले अनेरास्ववियुको पहलमा विद्यार्थीलाई यातायात भाडामा सहुलियत सहितको कार्य भएको स्मरण गर्दै सबै विद्यार्थीलाई अनेरास्ववियुमा आवद्ध हुन आग्रह समेत गर्नुभयो ।
भेलाबाट आदेश ज्ञवालीको अध्यक्षतामा ५१ सदस्यीय अनेरास्ववियु मध्यविन्दु नगरकमिटी गठन भएको छ । नवगठित नगरकमिटीको उपाध्यक्ष सुरेश सुवेदी, सरिता गैह्रे चापागाईं, सचिवमा शिशिर न्यौपाने, सह–सचिव सुप्रिम सुनार, तेज बहादुर खाम्चा मगर र गोपाल महतो, कोषध्यक्ष विपुल अर्याल चयन गरिएको छ ।
नवगठित नगरकमिटीलाई प्रमुख अतिथि सहित अतिथिहरूले बधाई समेत ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य एवम् जिल्ला संयोजक कृष्ण गैह्रेले नवनिर्वाचित कमिटी मध्यविन्दु नगरपालिकामा अनेरास्ववियुको गतिविधिलाई सशक्त बनाउन सफल होस् भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।
भेलामा नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् प्रदेश सभा सदस्य लक्ष्मी सुनार, जिल्ला कमिटी सदस्य अमृत ज्ञवाली, होमनाथ पाण्डे, दानबहादुर रायमाझी, बाबुराम पाण्डे लगायतको आतिथ्यता रहको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |