२०८० आश्विन १४, आईतबार
कावासोती । पुर्वी नवलपरासीमा कोभिड– १९ को संक्रमण रोकथाम, नियन्त्रण तथा विपद व्यवस्थापनमा उल्लेख्य योगदान पु¥याउनुभएका संघसंस्था र व्यक्तीत्वहरुलाई सम्मान गरिएको छ ।
शुक्रबार कावासोतीमा गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रमको आयोजना गरेर जिल्लामा कोभिड– १९ संक्रमण रोकथाम र व्यवस्थापनमा योगदान पुयाउनुभएका संघसंस्था र व्यक्तीत्वहरु गरि ३६ जनालाईसम्मान गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको संयुक्त आयोजनामा सम्मान गरिएको हो । मुख्य मन्त्री पोख्रेलले सम्मानपत्रले उहाँहरुलाई सम्मान गनुभएको थियो । कार्यक्रममा सम्बोधन गर्दै मुख्य मन्त्री पोख्रेलले कोभिड– १९ संक्रमणको तेश्रो लहर आउने वैज्ञानिकहरुले पुष्टि गरिसकेकाले त्यसको तयारीमा सरकार लागिसकेको बताउनुभयो । उहाँले तेश्रो लहरको नियन्त्रण र व्यवस्थापनमा समेत लाग्न सबै सरोकारवाला पक्षलाई अनुरोध गनुभयो । उहाँले तेश्रो लहरलाई लक्षित गर्दै केन्द्र र प्रदेश सरकारले पूर्वाधार लगायतका आवश्यक तयारीमा लागिसकेको समेत जानकारी दिनुभयो । खासगरि तेश्रो लहरले बालबालिकाहरुलाई बढि असर गर्ने भनिएको हुदा आवश्यक वेड लगायतको तयारी केन्द्र सरकारले सुरु गरिसकेको बताउनुभयो ।
उहाँले कोभिडको पहिलो लहरका क्रममा जनमानस निकै त्रसित भएको अवस्थामा समेत आफ्नो ज्यानको जोखिम मोलेर अग्रपङतीमा खटिएर महत्वपूर्ण भूमिका निर्वाह गर्दै सक्रियता देखाउने सबैजनालाई धन्यावाद समेत व्यक्त गनुभयो । उहाँले गण्डकी प्रदेश सरकारको प्रमुख लक्ष्य भनेको सबै प्रदेशबासीलाई खोप उपलब्ध गराउनु रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले विपदलाई सामना गर्न हामि भन्ने भावना सृजना गर्न सकेमा हरेक दुःख कष्टलाई सामना गर्न सहज हुनेमा जोड दिनुभयो । जिल्लाका धेरै संघसंस्था र व्यक्तीत्वहरुको सहयोगबाट नै विपद न्यूनिकरणमा टेवा पुगेको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्यहरु रोशन वहादुर गाहा , विष्णु प्रसाद लामिछाने , जनकलाल श्रेष्ठ , ओमकला गौतम , लक्ष्मी सुनार, लगायतले समेत आफ्नो धारण राख्दै सम्मानित हुनुहुने सम्पूर्णमा बधाई दिदै सामाजिक कार्यमा निरन्तर लाग्ने संघसंस्था र व्यक्तीहरुलाई गरिने यस्ता सम्मानले हौसला मिल्नेमा जोड दिनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |