२०८० आश्विन १२, शुक्रबार
कावासोती । नेकपा एमाले नवलपुरले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको नाम छनौट गरेको छ । नेकपा एमाले नवलपुरको बिहीबार कावासाेतीमा बसेको जिल्ला कमिटि बैठकले जिल्लाबाट २२ जना विधान महाधिवेशनमा भाग लिने प्रतिनिधि छनौट गरेको जिल्ला कमिटी सदस्य भिमलाल कंडेलले बताउनुभयो ।
विधान महाधिवेशन प्रतिनिधिमा नवलपुरबाट तिलक महत, रविन्द्र अधिकारी, मझीलाल थारु थनेत, रोशन बहादुर गाहा,कृष्ण पौडेल, जनकलाल श्रेष्ठ,हरि न्यौपाने,दिपक अधिकारी ,जीवन श्रेष्ठलाई छनौट गरिएको छ ।यस्तै लक्ष्मि सुनार, छत्रराज पौडेल,चन्द्र कुमारी पुन,पे्रमशंकर मर्दनिया थारु,स्वतन्त्र कोपिला मल्ल,पार्वता तिवारी,कृष्ण घिमिरे,यमुनाथ आचार्य,पदम लम्साल,सिता पंगेनी,पूर्ण प्रकास विक,पद्यमा जिसी श्रेष्ठ र चन्द्रमणी खराल विधान महाधिवेशन प्रतिनिधिमा छनौट हुनुभएको जिल्ला कमिटी सदस्य कंडेलले बताउनुभयो । नेकपा एमालेको विधान महाधिवेशन असोजको १५ देखि १७ गते सम्म काठमाडौंमा हुँदै छ ।
विद्यान महाधिवेशन प्रतिनिधिमा युवा , भूगोलको प्रतिनिधित्व केही छुट भएको र पछि मनोनयन गर्ने १० प्रतिशतमा त्यसलाई समावेश गर्ने निर्णय समेत भएको जिल्ला कमिटी सदस्य बाबुराम पाण्डेले जानकारी दिनुभयो । केन्द्रले जम्मा प्रतिनिधि मध्य १० प्रतिशत मनोनयन गर्ने छ । सो क्रममा यसलाई समावेश गर्ने जनाईएको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |