२०८० आश्विन ५, शुक्रबार
नवलपुर । पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासी पूर्व नवलपुर खण्डमा जीर्ण बनेको राजमार्ग मर्मत सुरु गरिएको छ । राजमार्गमा परेका खाल्डा खुल्डीमा कालोपत्रे गरेर मर्मत गर्न थालिएको हो ।
यस अघि राजमार्गमा परेका खाडलमा गिट्टी÷ग्राभेल राखेर पुर्ने गरिएकोमा अहिले कालोपत्रे गरेर मर्मत थालिएको हो ।
नारायणगढ –बुटवल सडक खण्ड बिस्तार सुरु भएयता झण्डै दुई वर्ष देखी राजमार्ग मर्मत गरिएको थिएन । निर्माणको जिम्मा पाएको चिनिँया कम्पनीले मर्मत नगर्ने र सडक विभागले ठेक्का लागि सकेको सडक भनेर बेवास्ता गर्दा राजमार्ग जिर्ण बनेको थियो ।
अहिले राजमार्ग विस्तारको जिम्मा पाएको चिनिँया कम्पनीले कालोपत्रे सहित मर्मत सुरु गरेको नारायणगढ बुटवल सडक विस्तार आयोजनाका इन्जिनियर कृष्ण आचार्यले बताउनुभयो ।
दशैँसम्ममा नवलपुर खण्डमा सबै जीर्ण रहेको सडक मर्मत गरि सक्ने निर्माण कम्पनीले जनाएको आचार्यले बताउनुभयो । डाइभर्सन निर्माण गरिएका क्षेत्र बाहेक नवलपुरको दाउन्ने लागएत सबै क्षेत्रमा कालोपत्रे सहित मर्मत गर्ने सडक विस्तारको जिम्मा पाएको निर्माण कम्पनीले जनाएको इन्जिनियर आचार्यले बताउनुभयो । दशैँ सम्ममा सडक मर्मत गरिसक्ने जनाएको उहाँले बताउनुभयो । जीर्ण राजमार्ग मर्मत पछि यात्रा गर्न सहज हुने छ । अहिले यो खण्डमा यात्रा गर्दा निक्कै सास्ति खेप्नुपर्ने अवस्था रहेको छ ।
नवलपुरका गैँडाकोट देखी दाउन्ने सम्मको करिब ६५ किलोमिटर र नवलपुर खण्डमा पर्ने दाउन्नेको करिब ७ किलोमिटर राजमार्ग लामो समय सम्म मर्मत नगर्दा जीर्ण बनेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |