२०८० आश्विन ५, शुक्रबार
कावासोती । कावासोती नगरपालिकाले सुधारिएको सामाजिक सुरक्षा भत्ता परिचय पत्र वितरण सुरु गरेको छ । बुधबार कावासोती नगरपालिका वडा नम्बर ५ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नयाँ लाभग्राहीलाई नयाँ सामाजिक सुरक्षा भत्ता परिचय पत्र प्रदान गर्दै सेवा सुरु गरिएको हो ।
कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती र कावासोती नगरपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष हरि प्रसाद बास्तोलाले लाभग्राहीले परिचय पत्र वितरण गरि सुधारिएको परिचय पत्र वितरण कार्यक्रम सुरु गर्नु भएको हो ।
जेष्ठ नागरिक ,एकल महिला, अशक्त÷अपाङ्ग, लोपोन्मुख जाति र दलित परिवारका बालबालिकाले प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ता बितरण प्रणालीलाई थप व्यवस्थित बनाउन नयाँ सुधारिएको परिचय पत्र लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताउनुभयो । यसले लाभग्राहीको सबै विवरण कम्प्युटर माध्यमबाट लेखिने हुँदा हातले लेख्नुपर्ने झन्झट समेत नहुने र बैंकबाट भत्ता रकम लिदा समेत सहजता हुने अपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत घर्तीले बताउनुभयो ।
कावासोती पाँचमा सिता भण्डारी,जौमाया रावल खत्री र इन्द्र प्रसाद भुसाललाई सुधारिएको सामाजिक सुरक्षा भत्ता परिचय पत्र हस्तान्तरण गरि सेवा सुरु गरिएको हो ।
लाभग्राहीलाई सहज रुपमा सेवा लिनका लागि सुधारिएको परिचयपत्रले सहयोग पुर्याउने वडा अध्यक्ष हरिप्रसाद बास्तोलाले बताउनुभयो । आफ्नो वडाबाट सेवा सुरु भएकोमा यसलाई वडामा व्यवस्थित रुपमा कार्यान्वयन गर्दै लैजाने उहाँले बताउनुभयो ।
पाँचबाट सुरु गरिएको सुधारिएको परिचय पत्र प्रदान गर्ने कार्यक्रम सबै वडामा गरिने पञ्जिकरण तथा सामाजिक सुरक्षा इकाईका एमआइएस अपरेटर रोम बहादुर घर्तिले बताउनुभयो । हाल नयाँ थपिएका लाभग्राहीलाई मात्र यो परिचय पत्र वितरण गरिने र क्रमश पुराना कार्डहरू समेत विस्थापन गर्दै लगिने उहाँले बताउनुभयो ।
कावासोती नगरपालिकामा गत आर्थिक वर्षको तथ्याङ्क अनुसार ६ हजार ४२१ जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् । जसमा जेष्ठ नागरिक ३ हजार २०४, जेष्ठ नागरिक दलित ३१६ जना ,जेष्ठ नागरिक एकल ८१२ जना, पूर्ण अपाङ्गता १३० ,अति अशक्त ४४६ , विधवा एक हजार ८ , दलित बालबालिका ५०५ जना रहेका छन् ।उनिहरुले कुल १७ करोड ५४ लाख ६७ हजार ८६० रुपैँया प्राप्त गरेका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |