२०८० मंसिर २०, बुधबार
कावासोती। कावासोती एक र शंखदेव जोड्ने केरुङ्गे खोलामा निर्माण गरिएको पुल मर्मत् नगर्दा जोखिम बनेको छ ।
शंखदेवतर्फ पुलको ( ब्याच फिलिङ्ग ) सबै नदीले कटान गर्दा पुलबाट आवतजावत गर्न निकै जोखिमपूर्ण बनेको छ । ठूला सवारी वारपार गर्नै नमिल्ने भएको छ । भने, साना दुई पाङ्ग्रे सवारी पनि निकै कठिनले वारपार गनुपर्ने अवस्था रहेको स्थानीय सृष्टि चापागाईंले बताउनुभयो । एक साईडमा मात्रै ( ब्याच पिलिङ्ग) थोरै बाँकी छ । ‘पुलमा आवतजावत गर्दा कुनै दुर्घटना हुने हो कि? भन्ने त्रासैत्रासमा यात्रा गनुपर्छ । कहिलेकाहिँ नयाँ ठाउँबाट आएका ठूलासाना सवारी सिधैँ ल्याउनुहुन्छ , स्थानीय पुलमा कुरेर बस्नुपर्ने बाध्यता भएको छ । नभए सिधै पुलबाट हिड्दा तल खसिन्छ । ’ चापागाईंले भन्नुभयो । रातिको समयमा थाहा नभएको सवारी आएमा दुर्घटना हुने अवस्था बनेको उहाँले बताउनुभयो । पुलमा दुर्घटना हुन सक्छ भन्ने कुनै संकेत राख्नुपर्ने अवस्था देखिएको छ । तर , उक्त संकेत समेत नहुँदा नयाँ मानिष उक्त पुलबाट यात्रा गर्दा जोखिम बनेको छ ।
पुलमा क्षती पुगको दुई महिना बितिसक्दा पनि सम्बन्धीत निकायले मर्मतमा चासो नदिएको भन्दै स्थानीयले आक्रोस समेत व्यक्त गरेका छन् । छिटोभन्दा छिटो पुलको मर्मत गर्न स्थानीयले माग गरेका छन् ।
गत असार महिनामा आएको अविरल वर्षाले पुलमा क्षती पु¥याएको थियो ।
कावासोती वडा नं एकका अध्यक्ष नारायण पन्तले निर्माण व्यवसायीसंग पुल मर्मतका लागि कुरा गरिरहेको भए पनि बजेट पास गर्न समय लागेकाले काम गर्न नसकेककाे जनाएको बताउनुभयो । तत्कालै मर्मत् गर्नुपर्ने देखिए पनि आफुहरुबाट काम गर्न सक्ने अवस्था नरहेको र निर्माण व्यवसायीले गनुपर्ने भएकाले केही ढिलाई हुन पुगेको उहाँको भनाई छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |