२०८० आश्विन ५, शुक्रबार
गंगा विश्वकर्मा । चोरमारा । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकाका विभिन्न ९ वटा वडामा आधारभूत स्वास्थ्य चौकी निर्माण भइरहेको छ । सरकारी स्वास्थ्य संस्था नभएका नगरका ९ वटा वडामा आधारभूत स्वास्थ्य चौकी स्थापनाको लागि भौतिक संरचना निर्माण भइरहेको मध्यविन्दु नगरपालिकाका नगरप्रमुख चन्द्र बहादुर रानाले बताउनुभयो ।
मध्यविन्दु नगरपालिकाको वडा नं. १, ३, ५, ६, ८, ९, ११, १२ र १३ मा अहिले आधारभूत स्वास्थ्य चौकी निर्माणधिन अवस्था छ । नगरपालिकाको २, ४, १० र १४ मा स्वास्थ्य चौकी र वडा नं. ७ मा चोरमारा प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् । नगरपालिकाले सबै नगरबासीमा स्वास्थ्य सेवाको पहुँचको लागि यस अगाडी नै स्वास्थ्यकर्मीहरुलाई नियुक्ति गरिसकेको छ । उनिहरुले अहिले नगरको विभिन्न स्वास्थ्य केन्द्रमा कार्यरत रहेको नगरप्रमुख रानाले बताउनुभयो ।
गत आर्थिक बर्षको चैत्र २५ गते ९ महिनामा निर्माण सम्पन्न गर्नेगरी सबै भवन निर्माणको लागि न्यौपाने मल्टिप्रपोज भरतपुरसंग ठेक्का सम्झौता भएको नगरपालिकाका इन्जिनियर माधव देवकोटाले बताउनुभयो । नगरपालिकाले प्रतिभबन ४३ लाख २४ हजार आठ सय ९५ रुपैया पाँच पैसा लागतमा ठेक्का सम्झौता आवाह्न गरेकोमा न्यौपाने मल्टिप्रपोजसंग वडा नं. १ को भवन २५ लाख १५ हजार तिन सय ८४ रुपैया ७२ पैसा, वडा नं. ३ को २४ लाख ९७ हजार तिन सय ४३ रुपैया ५४ पैसा, वडा नं. ५ मा २५ लाख ११ हजार दुई सय ९३ रुपैया ८ पैसा, वडा नं. ६ को २४ लाख ९८ हजार एक सय ३५ रुपैया ७७ पैसा, वडा नं. ८ को २५ लाख १० हजार तिन सय ३८ रुपैया ७७ पैसा, वडा नं. ९ को २५ लाख १९ हजार चार सय ३३ रुपैया ८३ पैसा, वडा नं. ११ को लागि २५ लाख १५ हजार तिन सय ८४ रुपैया ७३ पैसा, वडा नं. १२ को २६ लाख ३२ हजार दुई सय ६८ रुपैया ४० पैसा र वडा नं. १३ को भवन २७ लाख २७ हजार एक सय ८८ रुपैया ७४ पैसामा निर्माण गर्नेगरी ठेक्का सम्झौता भएको देवकोटाले बताउनुभयो ।
यस अगाडी नै नगरपालिकाले ति भवन निर्माणको लागि ठेक्का सम्झौता आवाह्न गरेर ठेक्का सम्झौताको तयारी गरेको भएपनि अन्तिम समयमा खारेज भई नयाँ पक्रिया शुरु भएको थियो । जसको कारण भवन निर्माणमा केही ढिलाइृ भएको उहाँले बताउनुभयो ।
मध्यविन्दु नगरपालिका भित्र स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउन नगरपालिका प्रतिबद्ध रहेको नगरप्रमुख रानाले बताउनुभयो । मध्यविन्दु–७ चोरमारामा रहेको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पताल बनाउने चरणमा नगरपालिका रहेको भन्दै उहाँले नवलपुर स्वास्थ्य चौकी र नयाँवेलाहनी स्वास्थ्य चौकीमा ल्याव सहितको भवनको स्तरउन्नतिको कार्य भईरहेको बताउनुभयो ।
नगरपालिकामा रहेका स्वाथ्य चौकीहरुमा औषधि र स्वाथ्यकर्मीको दरवन्दी पुर्ण रुपमा पूर्ती भइसकेको र नया बन्दै गरेको आधारभुत स्वाथ्य केन्द्रमा एक जना अनमी, एक जना सिएमए र एक जना कार्यालय सहयोगी कर्मचारीको नियुक्ती यस अगाडी नै भईसकेको नगरप्रमुख रानले बताउनुभयो ।
नगरपालिकामा रहेका साबिकका तिन वटा स्वास्थ्य चौकीमा बर्थीङं सेन्टर सञ्चालनमा रहेको रानाले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |