२०८० आश्विन ५, शुक्रबार
कावासोती । अनन्त चतुर्दशीको अवसर पारेर कावासोती १२ राजमन्दिरमा आयोजना गरिएको भोदी खेल प्रयिोगितामा डायमन्ड युथ सोसाईटी कावासोती १२ ले ५७ काँचा निकालेर प्रथम हुन सफल भएको छ । भने , कावासोती १२ कै असरा थारु युवा समुहले ५० काँचा निकालेर दोस्रो हुन सफल भएको छ । प्रथम हुदै डाईमन्डले नगद २० हजार मेडल र प्रमाणपत्र , दोश्रो हुने असराले नगद १० हजार मेडल र प्रमाणपत्र प्राप्त गरको छ । विजेतालाई जिल्ला खेलकुद विकास समिती नवलपुरका अध्यक्ष सेतमान पुनले पुरस्कार प्रदान गर्नुभयो ।
आईतबार सुरु भएको प्रतियोगिताको सोमबार ( आज ) फाईनल खेल भएको हो । प्रतियोगितामा ४० वटा टिमले सहभागिता जनाएको डायमन्ड युथ सोसाईटीका अध्यक्ष चुडामणी खनालले बताउनुभयो ।
खेलको कावासोती १२ का अध्यक्ष खेम प्रसाद काफ्लेले उद्घाटन गर्नुभएको थियो । डायमन्ड युथ सोसाईटी कावासोती १२ को आयोजनामा प्रतियोगिता भएको हो । प्रतेक वर्ष प्रतियोगिता हुदै आएकोमा गत वर्ष कोभिडको कारण रोकिएको थियो ।
भोदी खेल थारु समुदायको परम्परागत खेत हो । पछिल्ले समय यस्ता खेल लोप हुदै जान लागेकाले संरक्षणका लागि सोसाईटीले पहल गर्दै आएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |