• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन १४, आईतबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

७ घण्टा अघि
२

नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

१ दिन अघि
३

कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

१ दिन अघि
४

नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

२ दिन अघि
५

विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया

२ दिन अघि
६

कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने

२ दिन अघि
७

मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

२ दिन अघि
८

दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

५ दिन अघि
९

नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

६ दिन अघि
१०

हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

६ दिन अघि
११

कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

१ हफ्ता अघि
१२

असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

१ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

संविधान दिवस नवलपुरमा अन्तरक्रिया : ‘कार्यान्वयनको पक्षमा लागौं’

दयाराम आचार्य ५०८ पटक पढिएको प्रकाशित मिति: २०७८ आश्विन ३, आईतबार (२ साल अघि)

कावासोती । संविधान दिवस नवलपुरमा विविध कार्यक्रम गरेर मनाइएको छ । दिवसको दिन आइतबार जिल्ला प्रशासन कार्यालय नवलपुर र जिल्ला समन्वय समिति नवलपुरको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको छ । 


अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि ओमकला गौतमले संविधान आफैमा उत्कृष्ट रहेको भएपनि कार्यान्वयनमा केही खोट रहेको बताउनुभयो । कार्यान्वयनको पाटो बलियो बताउन साथै  संविधानको मर्म अनुसार काम गर्न राजनीतिक दल र कर्मचारीको समन्वय हुन आवश्यक रहेको समेत उहाँले बताउनु भएको छ । संविधानको पालन गर्नका लागि  अझै पनि चुकिरहेको बताउँदै कार्यान्वयनको पक्ष मजबुत बनाउन सबै लाग्नुपर्ने र यसले मात्रै दिवसको सार्थकता पाउने प्रदेश सभा सदस्य गौतमले बताउनुभयो ।
उहाँले आम सञ्चार विद्येयकका सवालमा पे्रस स्वतन्त्रताको रक्षा गर्ने गरि सरोकारवाला पक्षका सुझावका आधारमा अगाडि बढ्न आफूले समेत प्रदेश सरकारलाई ध्यानाकर्षण गर्ने बताउनुभयो । 


प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले नागरिकको सेवालाई सोचेर आफ्नो कर्तव्य कति पालना गरेका छौं भनी आफैमा प्रश्न गरे संविधानको कार्यान्वयन पक्ष मजबुत बन्ने बताउनुभयो । संविधानमा लेखेका कुरा भन्दा कार्यान्वयन गर्नुे पाटोको लाई सबैले गम्भिर भएर सोच्न आवश्यक रहेको उहाँले बताउनुभयो । राजनीतिक दलले कर्मचारी तन्त्रलाई बलियो बनाएर कुनै प्रभावमा नराखी स्थायित्व दिन सके सेवाको पाटो मजबुत बन्ने र नागरिकले समेत सुविधा पाउने उहाँले बताउनुभयो । 


बौदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर रानाले संविधानको मर्मत अनुसार अझै काम हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । स्थानीय तहलाई सबै अधिकार दिए संविधानको मर्म अनुसार जनताले नजिकबाट थप सेवा सुविधा पाउने उहाँले बताउनुभयो । सुगमको तुलनामा दुर्गमलाई विशेष व्यवस्था हुनुपर्ने ,बजेट सोही अनुसार हुनुपर्नेमा यस विषयमा सरकारले खासै ध्यान नदिएको उहाँले बताउनुभयो । यसले गर्दा दुर्गमका जनतालाई  सेवा प्रवाह र सुविधा दिन नसकिएको भन्दै यसतर्फ सोच्न आवश्यक रहेको अध्यक्ष रानाले बताउनुभयो । 


जिल्ला प्रहरी कार्यालय नवलपुर प्रमुख प्रकाश मल्लले संविधानको मर्म अनुसार सेवा दिन सबै लाग्नुपर्ने बताउनुभयो । जो जहाँ छौं ,सोही स्थानबाट संविधानको मर्मत अनुसार सेवा दिन लाग्नुपर्ने उहाँले बताउनुभयो । यसका लागि आफूले समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले संविधानमा भएका लेखिएका कुरा समेत कार्यान्वयनको पाटोमा जाँदा फितलो भएको बताउनुभयो । उहाँले संविधानमा पे्रस स्वतन्त्रताको ग्यारेण्टी गरेको बताउँदै अहिले गण्डकी प्रदेश सरकारले पे्रस माथी अंकुस लगाउने गरि आम सञ्चार विद्येयक ल्याउन लागेको भन्दै सो विद्ययक फिर्ता लिन माग गर्नुभयो । पे्रसलाई नियमन गर्ने पे्रस काउन्सील रहेको बताउँदै संविधानको अध्यन विना पत्रकारलाई ठेगान लगाउछु भन्ने किसिमले विद्ययक ल्याउन लागिएको भन्दै यसो भएमा आफुहरु थप आन्दोलित हुने बताउनुभयो ।


नेपाल पत्रकार महासंघ नवलपुरका उपाध्यक्ष नविन पौडेलले संविधानको कार्यान्वय पक्ष बलियो बनाउदै लैजान पे्रसलाई समेत बलियो बनाउनुपर्ने बताउनुभयो । तर अहिले पत्रकारलाई सहजै धरपकड गर्ने गरि विद्येयक ल्याउन लागेकोमा चिन्ता व्यक्त गर्दै पे्रस स्वतन्त्रताको रक्षागर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 


अन्तरक्रिया कार्यक्रमका अध्यक्ष जिल्ला समन्वय समितिका प्रमुख चेसराम आलेले अध्यक्षको मन्तव्यका क्रममा सबै नेपालीलाई संविधान राष्ट्र र जनताको आत्मा हो भन्ने अनुभुति गराउनुपर्नेमा जोड दिनुभयो । संविधान दिवसको अवशरमा नेपाली जतामा उत्साहा नदेखीदा केही अपुरो हो कि भन्ने प्रश्न उब्जिएको उहाँले बताउनुभयो । जनताले अनुभुत गर्ने हिसाबले संविधानको कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो ।
संविधान माथि खतरा भए राजनीतिक दलबाटै खतरा भएको समेत उहाँले बताउनुभयो । संविधानको संरक्षण र कार्यान्वय गर्ने जिम्मा राजनीतिक दलकै भएको भन्दै आफू अनकुल व्याख्या गरि प्रयोग गर्दा उनिहरुबाटै संविधान खतरामा रहेको प्रमुख आलेले बताउनुभयो । संविधानलाई थप मजबुत बनाउन संविधान जारी गर्दाका राजनीतिक शक्ति एकै ठाउँमा उभिन आवश्यक रहेको साथै असन्तुष्ट पक्षलाई समेत समेट्दै जानुपर्ने उहाँले बताउनुभयो ।
जिल्ला समन्वय समितिका उप प्रमुख शारदा विश्वकर्माले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख कृष्णचन्द्र पोखे्रल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सागर खनाल लगाएत विभिन्न कार्यालय, संघसंस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

  • नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

  • कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

  • नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

  • समाचार
  • १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’
    ७ घण्टा अघि

  • २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा
    १ दिन अघि

  • ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु
    १ दिन अघि

  • ४

    नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु
    २ दिन अघि

  • ५

    विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया
    २ दिन अघि

  • ६

    कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने
    २ दिन अघि

  • ७

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण
    २ दिन अघि

  • ८

    दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने
    ५ दिन अघि

  • ९

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध
    ६ दिन अघि

  • १०

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष
    ६ दिन अघि

  • नवलपुर बिशेष
    १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

    नवलपुर प्रेस
    २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

    नवलपुर प्रेस
    ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

    नवलपुर प्रेस
    ४

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

    नवलपुर प्रेस
    ५

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

    नवलपुर प्रेस
    ६

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

    नवलपुर प्रेस
    ७

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

    नवलपुर प्रेस
    ८

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution