२०८० आश्विन ११, बिहिबार
कावासोती । गण्डकी प्रदेश सरकारले ल्याउन लागेको आम सञ्चार विद्येयकको नेपाल पत्रकार महासंघ नवलपुर शाखाले विरोध गरेको छ । नेपाल पत्रकार महासंघ नवलपुर शाखाको आज कावासोतीमा बसेको कार्यसमिति बैठकले प्रेस माथि अंकुश लगाउने विद्येयक तत्काल फिर्ता लिन माग गरेको छ ।
प्रदेश सभाको विद्यायन समितिमा छलफलका लागि पेश भएको विद्येयकले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित बनाउने ठहर गर्दै तत्काल विद्येयक फिर्ता लिन नवलपुर शाखाले माग गरेको हो ।
महासङ्घले यसको विरोधमा विद्येयक फिर्ता लिन दवाव दिन जिल्ला प्रशासन कार्यालय नवलपुर मार्फत गण्डकी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको महासंघ अध्यक्ष विरेन्द्र पराजुलीले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |