२०८० आश्विन ५, शुक्रबार
कावासाेती । नेकपा एमालेका नेता एवम् पूर्व गृहमन्त्री खगराज अधिकारीले श्रीमान ५ काे अादेशले गठन गरेकाे परमादेश सरकारले सेटिङमा काम गरेकाले संबैधानिक ब्यवस्था भत्किएकाे बताउनु भएकाे छ । अाज एमाले नवलपुरले दलदलेमा गरेकाे बृहत् कार्यकर्ता भेलामा बाेल्दै उहाँले साे कुरा बताउनु भएकाे हाे । दल भन्दा बाहिर मत हाल्न पाउनु भनेकाे निर्दलीय अभ्यास भयाे । त्याे अदालत, निर्वाचन अायाेगकाे सेटिङले संबैधानिक दायरा नाग्दा एमालेले खबरदारी गर्नु परेकाे नेता अधिकारीले बताउनुभयाे । अहिले तथाकथित गठबन्धनका कारण संसद अबरुद्ध भएकाे हाे । याे सेटिङ नभत्काउदा सम्म संसद अबरुद्ध कायम रहन्छ उहाले भन्नूभयाे -‘ सभामुख हुन नसक्ने कुपात्र अग्नि सापकोटा सभामुख हुँदा संबैधानिक मर्यादा कायम हुन सकेन´ ।
चैतमा महाधिवेशन गराै प्रधानमन्त्री भएका सबैले नेतृत्व छाेडाै भन्ने केपी अाेलीकाे प्रस्ताव प्रचण्ड माधव नेपालले नमान्दा पार्टी र देशले वर्तमान समस्या झेल्न परेकाे छ नेता अधिकारी भन्नुभयाे-`देशी विदेशी प्रतिकृयावादी नलागेकाे भए नेकपा टुक्रिने थिएन’ । प्रचण्ड माधव नेपाल संसद पुनस्र्थापना हुँदा केपी हाेईन म प्रधानमन्त्री भनेर पार्टीमा कुरा नराख्ने अनि चितवनमा लड्डु खाएर शेरबहादुर देउवा कहाँ पुग्नु भनेकै प्रतिकृयावादीकाे कित्तामा उभिनु हाे । संसद पुनःस्थापना प्रतीक्रान्ति हाे उहाँले थप्नुभयाे ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |