२०८० आश्विन ५, शुक्रबार
नवलपुर ।नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र नवलपुरले स्थानीय तहको नेतृत्व टुङ्गाएको छ । केन्द्रीय परिपत्र अनुसार खाली भएका सबै स्थानीय तहमा अध्यक्ष र सचिव तोक्ने र कार्तिक ६ गते गाउँपालिका र नगरपालिका सम्मेलन गर्ने तालिका छ । नेकपा एमालेसँग पार्टी एकता हुँदा अध्यक्ष र सचिव बाँडेर लिएका थिए तर सर्वोच्चले दुबै दल यथावत रूपमा फर्काए पछि आफ्नो सचिव भएको ठाउँमा अध्यक्ष खाली र अध्यक्ष भएको ठाउँमा सचिव पद खाली रहेको थियो ।
गत सोमबार ने क पा (माओवादी केन्द्र)को जिल्ला समन्वय समितिको बैठक अगाडि नै सबै टुङ्गाउने भनिए पनि केही स्थानीय तहको टुङ्गिएको थिएन । अहिले सबै स्थानीय तहको अध्यक्ष र सचिवको नाम प्रदेशमा प्रस्तावमा पठाइएको र केही दिनमा निर्णय भएर आउने नेकपा माओवादी केन्द्र नवलपुरका इन्चार्ज तथा केन्द्रीय सदस्य किशन शर्माले बताए ।
“अहिले सबै स्थानीय तहको अध्यक्ष र सचिवको नाम प्रदेशमा प्रस्तावमा पठाइएको र केही दिनमा निर्णय भएर आउने नेकपा माओवादी केन्द्र नवलपुरका इन्चार्ज तथा केन्द्रीय सदस्य किशन शर्माले बताए ।”
प्रस्तावमा पठाइएको नामहरूमा गैडाकोट नगरपालिकाको अध्यक्षमा युवराज रिमाल र सचिवमा श्यामसुन्दर लामिछाने, देवचुली नगरपालिकाको अध्यक्षमा प्रेमा खनाल र सचिवमा प्रितम भुजेल, कावासोती नगरपालिकाको अध्यक्षमा रमिला भुजेल र सचिवमा हरि बस्नेत, मध्यबिन्दु नगरपालिकाको अध्यक्षमा टिकाराम घर्ती र सचिवमा ईश्वर गैह्रे, विनयी त्रिवेणी गाउँपालिकाको अध्यक्षमा कृष्ण पाण्डे र सचिवमा जम्मा पल्लि मगर, हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा चन्द्र बहादुर थापा र सचिवमा नयाँदत्त गौतम, बौदीकाली गाउँपालिकाको अध्यक्षमा टङ्क पुलामी र सचिवमा टोप लाल रुचाल, बुलिङ्टार गाउँपालिकाको अध्यक्षमा लाल बहादुर रेश्मी र सचिवमा यम सारू मगरलाई जिम्मेवारी प्रदान गरिएको छ । यसअघि नै अध्यक्ष रहेकालाई अध्यक्ष र सचिवमा रहेकालाई अध्यक्षमा लगी सचिवमा नयाँ व्यक्तिलाई चयन गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) को केन्द्रीय परिपत्र अनुसार भाद्र मसान्तसम्म पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण, असोज १० गते सेल र टोलको भेला , असोज २० गते वडा सम्मेलन, कार्तिक ६ गते पालिका सम्मेलन, कार्तिक ७ देखि मंसिर १४ संगठन सुदृढीकरण अभियान, मंसिर १५ गते प्रदेश सम्मेलन र पौष ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय छ । जिल्ला समितिलाई भने जिल्ला समन्वय मात्रै बनाउने परिपत्र छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |