२०८० आश्विन १४, आईतबार
नवलपुर । नेपाली कांग्रेसका महामन्त्री डा। शशाङ्क कोइरालाले कांग्रेसको महाधिवेशनमा आफू सभापति पदको उम्मेदवार रहेको बताउनुभयो । नवलपुरको देवचुलीमा भएको कार्यक्रममा बोल्दै उहाँले आफू महाधिवेशनमा सभापति पदको उम्मेदवार भएको बताउनुभयो ।
‘पहिलो आफू महाधिवेशनमा सभापति पदको उम्मेदवार , दोश्रो संघीय चुनावमा फेरी नवलपुरबाटै उठ्छु , तेश्रो कांग्रेसलाई हराउने कांगे्रस नै हुन , अबको निर्वाचनमा ठूलो दल बन्ने र नेपाली कांग्रेसको बहुमतको सरकार बन्ने दावी । र चौथो अलिहेको सरकार प्रति अपनत्व ग्रहण गर्न अस्वीकार’
महामन्त्री कोइरालाले संघीय निर्वाचनमा आफू फेरी नवलपुरबाट उठ्ने समेत बताउनु भएको छ । कार्यक्रममा सम्बोधन गर्दै उहाँले आँउदो निर्वाचनमा समेत आफूले जित्ने गरि नवलपुरबाट उठ्ने बताउँदै सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । काङ्ग्रेस महामन्त्री कोइरालाले भन्नुभयो‘ तपाईँहरूले गरेर तीन तीन पटक निर्वाचन जिते, आँउदो निर्वाचनमा पनि जित्ने प्रयासमा हुन्छु ,तपाईंहरुको साथ र सहयोग चाहिन्छ ।’
महामन्त्री कोइरालाले नेपाली कांग्रेसलाई कसैले हराउन नसक्ने बताउँदै कांग्रेसलाई हराउने काङ्ग्रेस भित्रकै तत्वहरु हुने बताउनुभयो । आँउदो निर्वाचन पछि नेपाली कांग्रेसले बहुमतको सरकार बनाउने समेत उहाँले दावी गर्नुभयो ।
महामन्त्री कोइरालाले सम्बोधनको क्रममा निर्वाचन पछि आउने नेपाली कांग्रेसको सरकारले योजनावद्ध काम गर्नुपर्ने बताउनुभयो । हालको सरकारप्रति अपनत्व लिन नखोजेको भाव प्रकट गर्दै महामन्त्री कोइरालाले भन्नुभयो ‘ नेपाली काङ्ग्रेस अब सरकारमा आइसकेपछि , यो सरकार होइन की अब निर्वाचित सरकारमा आइसके पछि योजनाहरू हामिले दिनुपर्छ ।’
कार्यक्रममा बोल्दै उहाँले नवलपुर क्षेत्र नम्बर १ मा आफ्नो ठूलो जिम्मेवारी रहेको भन्दै आफ्ना क्षेत्रमा ठूलो योजनाकालागि सीड मनी आईसकेको समेत बताउनुभयो । गैँडाकोटमा रङ्गशाला, ट्रमा सेन्टरको लागि काम अघि बढेको बताउँदै महामन्त्री कोइरालाले नारायणीमा वैकल्पिक मार्ग बनाउने गरि आफूले चित्र कोरेको बताउनुभयो । यसले पर्यटनको विकास हुने, बन्यजन्तु र बाढीबाट जोगिने महामन्त्री कोइरालाले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |