२०८० आश्विन ११, बिहिबार
नवलपुर । स्थानीय तहहरूले कतिपय शीर्षकमा मनपरी रुपमा खर्च गरेको देखिएको छ । महालेखाको अन्ठाउन्नौं वार्षिक प्रतिवेदनमा चाडपर्व खर्चका नाममा पैसा लिने, ऐन विपरित पोशाक , भत्ता , स्वकीय सचिव तथा सल्लाहकार राखी तलब प्रदान गर्ने देखिएको उल्लेख गरेको छ ।
स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन,२०७५ को दफा ३ मा स्थानीय तहका पदाधिकारी र सभाको सदस्यले आफ्नो पदको कारबाही सुरु गरेको मितिले अनुसूची १ अनुसारको रकम मासिक सुविधा बापत पाउने व्यवस्था रहेको छ । तर स्थानीय तहहरूले ऐनमा व्यवस्था नभएको चाडपर्व खर्च ,पोशाक सुविधामा खर्च गरेको महालेखाले जनाएको छ । यस्तै ऐनमा व्यवस्था भए भन्दा विपरित सञ्चार ,अनुगमन, घरभाडा,यातायात इन्धन लगायतमा मनपरी खर्च भएको प्रतिवेदनले देखाएको छ । यसै गरि विभिन्न रुपमा मासिक सुविधाका रुपमा समेत करोडौं रकम लिने गरेको र यस्तो रकम असुल गर्नुपर्ने महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ ।
ऐनले तोके भन्दा फरक रुपमा मनोमानी रुपमा वैठक भत्ता वितरण हुने गरेको समेत प्रतिवेदनमा उल्लेख रहेको छ । साथै स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७५ मा पदाधिकारीहरूको लागि स्वकीय सचिव र सल्लाहकार राखी पारिश्रमिक दिने व्यवस्था छैन । तर स्थानीय तहहरूले स्वकीय सचिव र सल्लाहकार नियुक्त गरि ९ करोड बढी भुक्तानी गरेको महालेखाको प्रतिवेदनमा रहेको छ । महालेखा परीक्षकको कार्यालयले ऐनमा व्यवस्था नभएको सुविधा खर्च लेख्नु कानुन सम्मत नभएको उल्लेख गरेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |