२०८० आश्विन १२, शुक्रबार
कावासोती। नेकपा ( एमाले ) नवलपुरले पार्टी सदस्यहरुको नविकरण तथा सदस्यता विस्तार अभियानलाई तीब्र बनाएको छ ।
एमालेले तीन बर्ष पछि पार्टी सदस्यता नविकरणको काम थालेको हो । पार्टी एकीकरणका बेला सदस्यता नविकरण तथा संगठन निर्माणका कामहरु हुन नसक्दा पार्टी नेतृत्व र कार्यकर्ता बीचको समन्वयमा कमी आएको थियो । यसले एमाले सरकारका पालामा गरेका कामहरु जनताका बीचमा लैजान समस्या उत्पन्न गरेको थियो । पार्टी जीवनलाई जीवन्त राख्ने काम एकताका समयमा नहुँदा एमाले भएपछि संगठन विस्तारमा ध्यान दिएको हो ।
नेकपा एमाले नवलपुरका अध्यक्ष रोशनबहादुर गाहामगरका अनुसार सदस्यता नविकरण, नयाँ सदस्यता प्रदान, जनवर्गीय संगठनहरुको भेला तथा सम्मेलनका काम स्थानीय तहहरुमा समेत हुन थालेको छ । पार्टीलाई जीवन्त गराउन गरिने सबै कामहरु थालिएका छन् एमालेका कार्यकर्ताहरु एकताबद्ध छन् । पार्टीमा आएको फुटले नवलपुरलाई असर गरेको देखिदैन ।
संघ,प्रदेश र स्थानीय तहका सबै जनप्रतिनिधिहरु एमालेमै हुनुहुन्छ अध्यक्ष गाहामगरले भन्नुभयो –‘ एकता बद्ध एमाले नवलपुरमा छ , सबै कार्यकर्ताको भावना समटेर आफ्नो गतिबिधिलाई तीब्रता दिएका छौं’ । एमालेले एक संघीय सांसद, तीन प्रदेश सभा सदस्य, दुई नगरप्रमुख, दुई नगरउपप्रमुख, एक गाउँपालिका उपाध्यक्ष सहित ३३ वडा जितेको छ । ९२ वडामा एमालेले एक तिहाइ वडा अध्यक्ष २०७४ को निर्वाचनमा जितेको हो । एमालेले २३ गते जिल्ला कमिटिको बैठक बसी असोज १ गते जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाको आयोजना गर्ने भएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |