२०८० मंसिर २५, सोमबार
कावासोती । नवलपुर उद्योग वाणिज्य सङ्घमा आवद्ध उद्योगी ,व्यवसायी र उद्योग प्रतिष्ठानमा काम गर्ने श्रमिक ,कर्मचारीलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ ।
संघको पहलमा सङ्घमा आवद्ध उद्योगी ,व्यवसायी र श्रमिकलाई खोप लगाउन लागिएको हो ।
खोप लगाउनका लागि पानको प्रमाणपत्रको प्रतिलिपि, नवलपुर उद्योग वाणिज्य संघको सदस्यताको प्रमाणपत्रको प्रतिलिपि र श्रमिक तथा कर्मचारीहरूको हकमा सम्बन्धित उद्योग प्रतिष्ठानको परिचयपत्र लैजानुपर्ने नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेलले बताउनुभयो ।
खोप दुई दिन सम्म लगाइने छ । कावासोती तीनमा रहेको शिवमन्दिर स्वास्थ्य चौकीमा भदौ २१ र २२ गते बिहान १० बजेदेखि दिउसो ४ बजेसम्म खोप लगाउने प्रबन्ध गरिएको अध्यक्ष पोखे्रलले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्व, जिल्ला स्वास्थ्य कार्यालय नवलपुर , स्थानीय नगरपालिका, स्वास्थ्य शाखा र नवलपुर उद्योग संघको समन्वयमा खोप उद्योगी, व्यवसायी तथा श्रमिकलाई खोप लगाउने प्रबन्ध गरिएको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखे्रलले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |