२०८० आश्विन ११, बिहिबार
कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको गैँडाकोट स्थित नारायणी नदिको पुलबाट हाम फालेर एक जना युवक वेपत्ता भएका छन् ।
आज दिउसो गैँडाकोट स्थित नारायणी नदिको पुलबाट हाम फालेर रूपन्देही देवदह नगरपालिका–१०, का २४ वर्षीय बिक्रम खत्री बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीले बताउनुभयो ।
युवकले हाम फालेको स्थानमा फेला परेको झोलाबाट युवकको परिचय खुलेको उहाँले बताउनुभयो । घटना लगतै उनको खोजी कार्य जारी रहेको भएपनि हालसम्म फेला नपरेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।
यस्तै नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–५, मा रहेको भैँसेखोलामा डुबेर एक बालकको मृत्यु भएको छ । विनयी त्रिवेणी–५, देउरालीका पाँच वर्षीय बसन्त तरामु मगरको खोलामा डुबेर मृत्यु भएको हो ।
खोलामा डुबेको अवस्थामा भेटिएका बसन्तलाई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |