२०८० आश्विन ५, शुक्रबार
कवासोती । पूर्वी नवलपरासीमा नेपाली काङ्ग्रेसको वडा अधिवेशन भदौ भोली हुँदै छ ।
जिल्लामा ९२ वटा वडा छन् । सबै वडामा भदौ भोली एकै साथ अधिवेशन हुने जिल्ला निर्वाचन अधिकृत गोविन्द सिग्देलले जानकारी दिनुभयो ।
जिल्लामा वडा अधिवेशनको तयारी पुरा भएको जनाईएको छ । जिल्ला निर्वाचन अधिकृत सिग्देलले २१ गते हुने वडा अधिवेशनको सबै तयारी पुरा भएको जानकारी दिनुभयो । वडा अधिवेशनको तयारी अनुसार ९२ वटाका निर्वाचन मण्डलमा रहने प्रतिनिधिहरुलाई प्रशिक्षण प्रदान गरिएको छ । भने, सवै वडाका वडा स्तरीय निर्वाचन अधिकृत तय गरेर निर्वाचनका लागि आवश्यक पर्ने सामाग्री समेत प्रदान गरिएको सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको बौदीकाली , बुलिङ्गटार , हुप्सेकाट लगायतका पहाडी क्षेत्रमा रहेका स्थानीय तहका निर्वाचन मण्डलमा रहेका केही प्रतिनिधिहरुलाई बोलाएर सामाग्री प्रदान गरिएको छ । बाटोका कारण सबै आउन सम्भव नभएको र जाने अवस्था पनि नहुँदा तल बोलाएर सामाग्री पठाईएको उहाँले जानकारी दिनुभयो । अब कुनै प्राकृतिक विपत्ती आई नपरे तोकिएको समयमै जिल्लाका सबै वडाको अधिवेशन एकैसाथ सम्पन्न हुने उहाँले बताउनुभयो ।
सिग्दलेका अनुसार जिल्लामा भदौ २१ गते हुने वडा अधिवेशनले एक हजार ८ सय ४२ जना प्रतिनिधि छनौट गर्ने छ । कावासोती नगरपालिकाबाट ३ सय १३ जना, देवचुली नगरपालिकाबाट २ सय ६५ जना, मध्यविन्दु नगरपालिकाबाट २ सय २० जना, गैडाकोट नगरपालिकाबाट ४ सय २० जना, छनौट हुनेछन् । यस्तै हुप्सेकोट गाउँपालिकाबाट १ सय जना, बौदीकाली गाउँपालिकाबाट ९० जना , बुलिङटार गाउँपालिकाबाट १ सय १० जना, र विनयी त्रिवेणी गाउँपालिकाबाट १ सय ४५ जना प्रतिनिधि छनौट हुने छन् ।
जिल्लामा नेपाली काँग्रेसका १६ हजार ५ सय २१ जना क्रियाशिल सदस्य रहेका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |