२०८० आश्विन १२, शुक्रबार
गैँडाकोट । सिकरा इन्टरटेन्मेन्ट गैँडाकोट ९ ले निर्माण गर्दै आइरहेको ठूल्दाई लघुचलचित्र गौरवमय २५ औं भागमा पुगेको छ । उक्त अवसरमा शनिवार एक भव्य कार्यक्रम गरी भेटघाट तथा सम्मान गरिएको छ ।
चलचित्रको माध्यमबाट समाज रुपान्तरण गर्ने उद्देश्यका साथ गत वर्षदेखि उक्त लघुचलचित्र निर्माण सुरु भएको थियो। कोरोनाका कारण घरमै बस्नुपरेको वाध्यतालाई सृजनामा रुपान्तरण गर्न थोरै सख्याका कलाकारबाट ठूल्दाईको निर्माण सुरु गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल नवलपुर शाखाका अध्यक्ष गंगा बहादुर पाण्डेले केक काटेर कार्यक्रम सुरुवात गर्नुभएको थियो। प्रमुख अतिथी समेत रहनु भएका पाण्डेले चलचित्र राम्रो बन्दै गएको र आवश्यक सहयोग गर्न आफू तयार रहेको बताउनुभयो ।
कोरोना महामारीमा पनि लघु चलचित्र बनाएर समाज परिवर्तन का लागि निरन्तर लागि परेको समुहलाई थप सफलताको शुभकामना दिनुभएको थियो।
चलचित्रका निर्देशक राजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भाग १ देखि हालसम्मका क्षृङखलाहरुमा अभिनय गर्ने कलाकार देखि प्राविधि,कलाकार,लेखक सहित ४२ जनालाई प्रशंसा पत्रले सम्मान गरिएको थियो। गाउँले जिवनलाइ टपक्क टिपेर अभिनयको माध्यम बाट समाज रुपान्तरणमा निरन्तर लाग्ने बताउदै निर्देशक श्रेष्ठले इच्छाशक्ति हुने नयाँ कलाकारलाई विशेष प्राथमिकता दिदै आएको बताउनुभयो।
हरेक हप्ताको शुक्रबार राती ८ः३० बजे युटुब च्यानलबाट उक्त चलचित्र प्रसारण हुँदै आएको छ। प्राविधिक सहित १६ जनाको समूह रहेको उक्त समुहले आगामी शृङ्खलाहरु थप परिस्कृत गर्दै लैजाने कहानी लेखक हरि घर्ती मगरले बताउनुभयो।
कलाकार भद्रकलि घर्ती मगरले सहजीकरण गर्नुभएको कार्यक्रममा राष्ट्रिय लोकतथा दोहोरी गित प्रतिष्ठान नेपाल नवलपुर शाखाका जिल्ला सदस्य बुद्धि नाथ घिमिरे, जेवि सप्लायर्सका प्रोपाइटर विष्णुप्रसाद कडेल, बाधँ खोला टोल विकासका अध्यक्ष उत्तम बकावल,कलाकार एवम लियो क्वल अफ गैँडाकोट मौलाकालिकाका निवर्तमान अध्यक्ष कविर गौतम लगायतले शुभकामना दिनुभएको थियो।
सो अवसरमा कलाकार रमेश गैरे र रमेशराज भण्डारीले गित गाएर स्वागत गरेका थिए।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |