• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० आश्विन १४, आईतबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

७ घण्टा अघि
२

नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

१ दिन अघि
३

कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

१ दिन अघि
४

नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

२ दिन अघि
५

विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया

२ दिन अघि
६

कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने

२ दिन अघि
७

मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

२ दिन अघि
८

दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

५ दिन अघि
९

नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

६ दिन अघि
१०

हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

६ दिन अघि
११

कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

१ हफ्ता अघि
१२

असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

१ हफ्ता अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

५ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

३ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

६ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

३ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

१ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

१ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

१ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

१ महिना अघि

प्रदेशकै गौरब भनिएको लाेकाहामा औद्योगिक क्षेत्र, चर्चा धेरै, काम शुन्य

ज्ञानु पंगेनी ११३३ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र १९, शनिबार (२ साल अघि)

नवलपुर । गण्डकी प्रदेशकै गौरबको आयोजनाका रुपमा लिएको लोकाहा खोला औधोगिक क्षेत्र स्थापना नाम बाहेक अन्य काम अघि बढ्न सकेको छैन ।
पूर्वी नवलपरसीको कावासोती नगरपालिका एक र देवचुली नगरपालिकाको १० , १४ र १५ नं. वडामा पर्ने लोकाहा खोला क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्ने भनि तीन वर्ष अघिदेखि तयारी गरिए पनि काम जहाँको त्यहीँ छ । कावासोतीको जनकल्याण सामुदायिक वन र देचवुलीको महाराजा सामुदायिक वन क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्न १६० बिघा क्षेत्रफल छुट्टाउनु बाहेकको अन्य काम अघि बढेको छैन । तीन वर्ष बित्दासमेत वातावरणीय मूल्याङ्कन, विस्तृत आयोजना प्रतिवेदन ( डिपिआर ) तयार , जग्गा प्राप्ति , लगायतका प्रारम्भिक कामसमेत सुरु हुन सकेको छैन ।
प्रदेश सरकारले गौरबको आयोजनाको रुपमा अघि बढाएको औद्योगिक क्षेत्र स्थापनाको कामका लागि आवश्यक पर्ने कागजपत्र मन्त्रालयमै थन्किएर बसेका कारण काम अघि बढ्न नसकेको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताउनुभयो । गृह मन्त्रालयले भुमि व्यवस्था कार्यालय मार्फत् एउटा निवेदन प्रशासनमा आएपछि जिल्लाका सरोकारवालासँग छलफल गरिएको प्रजिअ पंगेनीले बताउनुभयो । छलफलका क्रममा डिभिजन वन , मालपोत र नापी कार्यालयमा उद्योगको कामलाई अघि बढाउने सन्दर्भमा आधिकारीक रुपमा कुनै पनि परिपत्र नआएको जानकारीमा आएको प्रजिअ पंगेनीले बताउनुभयो ।
प्रजिअ पंगेनीका अनुसार गौरबको आयोजनाको हकमा कागजपत्रको काम छिटोछरितो रुपमा अगाडि बढ्नु पर्ने र कानुनी रुपमा कुनै बाधा अड्चन भए त्यसलाई नीतिगत रुपमै समाधान गर्न सरकारले पहल गर्नुपर्ने थियो । तर , त्यसो हुन नसक्दा कामले गति लिन नसकेको हो ।
जनमानसमा भने वन क्षेत्रको जग्गामा पूर्वाधार बनाउने भएकाले डिभिजन वन कार्यालयले काम रोकेको भन्ने सूचना प्रवाह भइरहेको थियो । तर , डिभिजन वन कार्यालयका प्रमुख मोहनराज काफ्लेले भने कार्यालयले जग्गाको विषयमा अहिलेसम्म कहीँकतैबाट रोक लागाउने काम नगरेको बताउनुभएको छ । उहाँले आफ्नो कार्यालयमा अहिलेसम्म आधिकारिक रुपमा जग्गाका सम्बन्धमा कुनै पनि पत्राचार नभएको बताउनुभयो । आफूहरुले वन नीति अनुसार काम गर्ने भएकाले कानुनले नदिने कुरामा खबरदारी गर्ने जिम्मेवारी पाएकाले रोक्नै पर्ने बताउँदैै, विकासका सन्दर्भमा भने, कतिपय नीतिनियमलाई माथिबाट नै मिलाएर गरेमा आफूहरु बाधक बन्न नपर्ने बताउनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालयकी अधिकृत राधिका सापकोटाका अनुसार जग्गा प्राप्तिका लागि पहल गर्न भने अनुसार नापी र मालपोत कार्यालयसँग समन्वय गर्दा यी कार्यालयमा आधिकारीक पत्र नआएको भनेर काम अगि बढाउन नखोजेको बताउनुभयो ।
यहाँ औद्योगिक क्षेत्र स्थापना गर्ने भनेर प्रचारप्रसार राम्रै भयो । तर , काम भने जहाँको त्यहि हुँदा कुरा मात्रै काम नहुने हो की ? भन्ने आशङ्का स्थानीमा उब्जिएको छ । यहाँ औद्योगिक क्षेत्र स्थापना गर्न महाराजा सामुदायिक वनका प्रतिनिधि बाहेक अन्य सबै सहमत छन् । स्थानीबासी , जनप्रतिनिधि , राजनैतिक दल सबैले औद्योगिक क्षेत्र स्थापना भएमा स्थानीय स्तरमा रोजगारी सृजना हुने , युवा विदेश पलाएन हुन नपर्ने , जिवन स्तरमा सुधार आउने देवचुली नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठले बताउनुभयो । महाराजा सामुदायिक वनका प्रतिनिधिले भने उद्योग स्थापनापछि वन विनास हुने ,उपभोक्तालाई आवश्यक पर्ने वन पैदावारको अभाव हुने , जैविक विविधताको नास हुने भएकाले सहमत नभएको बताउँदै आएका छन् । वनका सहसचिव भविश्वर पाण्डेले जैविक विविधताको संरक्षण समेत गर्ने गरि काम हुने भएमा भने आफूहरु राजी हुने बताउनुभएको छ ।

विगत तीन वर्षदेखि गण्डकी प्रदेश सकारले करोडौँ रुपैँया बजेट औद्योगिक क्षेत्र स्थापना गर्न भनि विनियोजन गर्दै आएको छ । तर , बजेट खर्च हुन नसकेर वर्षेनी फ्रीज हुने गरेको कावासोती एकका वडा अध्यक्ष नारायण पन्तले बताउनुभयो । यस वर्ष पनि गण्डकी प्रदेश सरकारले औद्योगिक क्षेत्र स्थापना गर्न एक करोड रुपिँया विनियोजन गरेको छ ।
यसैबीच यहाँ औद्योगिक क्षेत्र स्थापना गर्न गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कंडेलले चासो देखाउनुभएको छ । उहाँले जिल्लाका सरोकारवालासँग छलफल र अन्तक्रिया गर्नुभएको छ । तत्कालीन गण्डकी प्रदेश सरकारले गौरबको आयोजनाका रुपमा अघि सारेको यस योजनामा आफुहरुले पनि समर्थन जनाएको हुँदा अब यस कामलाई सार्थक बनाउन लागिपर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।
विगतको सरकारले अघि सारेको योजना भनेर आफूले बेवास्ता नगर्ने तर्क गर्दै उहाँले वितगका सरकारले गरेका राम्रो कामलाई आफूले निरन्तरता दिने बताउनुभयो । औद्योगिक क्षेत्र स्थापना गर्न आईपरेका सबै बाधाव्यवधान, कानुनी जटिलतालाई नीतिगत रुपमै समाधान गरेर योजनालाई कार्यान्वयमा लैजाने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
आर्थिक तथा सामाजिक सम्बन्धि थप
  • पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

  • नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

  • कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

  • नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु

  • समाचार
  • १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’
    ७ घण्टा अघि

  • २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा
    १ दिन अघि

  • ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु
    १ दिन अघि

  • ४

    नवलपरासीको रामग्राममा करेन्ट लागेर एकजनाको मृत्यु
    २ दिन अघि

  • ५

    विमल घर्तीमगर पनि लागे अष्ट्रेलिया
    २ दिन अघि

  • ६

    कोरिया जाने विद्यार्थीहरुका लागि गोल्डेन इमिनेन्टले २ करोड (वन) छात्रवृति प्रदान गर्ने
    २ दिन अघि

  • ७

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण
    २ दिन अघि

  • ८

    दशैं लक्षित नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने
    ५ दिन अघि

  • ९

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध
    ६ दिन अघि

  • १०

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष
    ६ दिन अघि

  • नवलपुर बिशेष
    १

    पर्यटकको गन्तव्य बन्दै देवचुलीको ‘कुमसोत’

    नवलपुर प्रेस
    २

    नेकपा एस नवलपुरका अध्यक्ष सहित धेरैले गरे राजिनामा , जिल्लामा पार्टीको अस्तित्व सकंटमा

    नवलपुर प्रेस
    ३

    कावासोती -४, मा नगर स्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरु

    नवलपुर प्रेस
    ४

    मौलाकालिकामा डेढ करोडको लागतमा गुरुकुल भवन निर्माण

    नवलपुर प्रेस
    ५

    नवलपुरको पहाडी क्षेत्रमा सडक अवरुद्ध

    नवलपुर प्रेस
    ६

    हरेक सदस्यकाे बचतकाे सुरक्षा सरकारले गर्छ : नेफ्स्कून अध्यक्ष

    नवलपुर प्रेस
    ७

    कावासाेतीमा उपभोक्ता समितिलाई अभिमुखिकरण

    नवलपुर प्रेस
    ८

    असहाय ,अति विपन्नको उपचारका लागि प्रभावकारी बन्दै मध्यविन्दु अस्पतालको सामाजिक सेवा एकाइ

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution