२०८० आश्विन ५, शुक्रबार
कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको गैँडाकोट २३ स्मृति नजिक डाइभर्सन बाढीले बगाएर अवरुद्ध पूर्व पश्चिम राजमार्ग दुईतर्फि रुपमा सञ्चालनमा आएको छ । गएको बिहीबारबाट अवरुद्ध भएको राजमार्ग सात दिनपछि दुईतर्फि रुपमा सञ्चालनमा आएको हो ।
पूर्व पश्चिम राजमार्ग बिस्तारका क्रममा बनाइएको डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो । राजमार्ग पूर्ण रुपमा सञ्चालनकालागि निरन्तर प्रयास गरिएपनि हिलोका कारण समस्या हुँदै आएको थियो । पानी पर्ने क्रम रोकिएसँगै नयाँ बनाएको डाइभर्सनबाट यातायात दुई तर्फि सञ्चालनमा आएको हो । सोमबारबाट पानी पर्न रोकिएपछि हिलो भएको ठाउँमा मर्मत गरि बुधबार साँझबाट दुईतर्फि रुपमा यातायात सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख नारायण थापाले जानकारी दिनुभयो ।
बाढीले बगाएको डाइभर्सन गत शनिबार नै निर्माण गरेको भएपनि हिलो र दलदलका कारण सवारी वारपार गर्न भने सकेका थिएनन् । सोमबारबाट एकतर्फि रुपमा सञ्चालनमा आएको डाइभर्सन बुधबार साँझदेखि दुईतर्फि रुपमा सञ्चालनमा आएको प्रमुख थापाले बताउनुभयो ।
‘डाइभर्सन बनाएको भएपनि हिलोले समस्या थियो, सोमबारदेखि पानी पर्न रोकियो, निरन्तर मर्मत गर्ने काम समेत भयो, त्यसपछि बुधबार साँझदेखि दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख थापाले भन्नुभयो ।
२३ स्मृति बाहेक गैँडाकोटका अन्य डाइभर्सन भने यस अघिनै मर्मत गरिएको थियो । राजमार्ग पूर्ण रुपमा सुचारु भएसँगै राजमार्गमा रोकिएका सवारी आफ्नो गन्तव्य तर्फ छुट्न थालेका छन् ।
राजमार्ग पूर्ण रुपमा अवरुद्ध हुँदा डाइभर्सनको दुवै तर्फगरि करिब २० किलोमिटर सवारीको लाइन लागेको थियो । डाइभर्सनबाट दुईतर्फि सवारी सञ्चालनमा आएसँग उक्त सवारीको लाइन अहिले घट्दै गएको उहाँले बताउनुभयो । तर अझै सो खण्डमा बेला बेलामा गाडी बिग्रिने , लेन मिचेर हिड्न खोज्ने कारणले जामको समस्या कायमै रहेको छ ।
पानी नपरेर नियमित दुईतर्फि रुपमा आज दिनभर सवारी सञ्चालन हुन सके रोकिएका सबै गाडी पार हुनसक्ने प्रमुख थापाले बताउनुभयो । राजमार्ग बिस्तारका क्रममा बनाइएका अस्थाई डाइभर्सन पानी परे कुनै पनि समय बाढीले क्षति पुर्याई पुनः अवरुद्ध हुने सम्भावना भने यथावत रहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |