२०८० आश्विन ५, शुक्रबार
नवलपुर । युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिको दोस्रो पूर्ण बैठक नवलपुर जिल्लामा सम्पन्न भएको छ । भाद्र १४ र १५ गते बसेको बैठकले कात्तिक १३, १४ र १५ गते दाङमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ को प्रमुख आतिथ्यतामा बसेको बैठकले सामाजिक सांस्कृतिक विकृति विसंगति, चरम आर्थिक अनियमितता तथा एमसीसी सम्झौता लगायत राष्ट्रघाती सन्धी सम्झौताका विरुद्ध चरणबद्ध संघर्ष गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले राष्ट्रिय सम्मेलनलाई टार्गेट गरेर विभिन्न संगठनात्मक कार्यहरु गर्ने निर्णय गरेको छ ।
बैठकमा युवाहरुलाई प्रशिक्षण दिदै नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले तत्कालिन जनमत संग्रहको कार्यनीतिमा सम्पूर्ण पार्टी पङ्क्ति र युवाहरु तदारुकताका साथ लाग्न, युवाहरुलाई संगठित गर्न र प्रशिक्षित गर्न निर्देशन दिए । समाजमा भएका विभिन्न सामाजिक, जातिय, लैङ्गिक विभेदको समस्या र विशेष गरी युवाहरुको समस्याको समाधान नयाँ व्यवस्थाले गर्ने भन्दै त्यो व्यवस्था भनेको वैज्ञानिक व्यवस्था भएको प्रष्ट पारे । त्यसका लागि आम युवाहरु गोलबन्ध भएर अगाडि बढ्न पनि निर्देशन गरे ।
अबको यो चौथो सम्मेलनलाई नेपालको युवायुवतीहरुको समस्या समाधान गर्ने जुझारु नेतृत्व र नीति निर्माण गर्ने सम्मेलनको रुपमा बदल्न सुझाव दिए ।
बैठकका अर्का अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगर ‘विषम’ ले बैठकमा प्रशिक्षण दिदै एमसीसी नेपालको हितमा नरहेको यसले नेपालीहरुलाई सधैँका लागि साम्राज्यवादको गुलाम बनाउने भएकाले त्यसको विरुद्धको प्रतिरोध युवा संगठन नेपालले अग्रपङक्तिमा गर्नुपर्नेमा जोड दिए ।
युवा संगठन नेपालका फ्याक्सन इन्चार्ज तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कृतिले संगठनको यो दोस्रो बैठकका निर्णयहरुलाई दृढतापूर्वक कार्यान्वयन गर्न कडा निर्देशन दिए ।
बैठकको अध्यक्षता युवा संगठन नेपालका संयोजक पाटन जंगलीले गरेका थिए । साभार- ई राताेखबरबाट
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |