२०८० आश्विन १४, आईतबार
डेढगाउँ । अविरल वर्षाका कारण बौदीकाली गाउँपालिका डेढगाउँ स्थित कालिगण्डकी नदीमा निर्माण गरिएको पुलमा पुनः क्षति पुगेको छ । बौदीकाली गाउँपालिका डेढगाउँ र मानपुर जोड्ने कालिगण्डकी नदीमाथि निर्माण गरिएको पुलमा क्षति पुगेको हो । सवारी साधन वारपार हुन नसक्ने गरि पुलमा क्षति पुगेसँगै बौदीकालीको सडक सम्पर्क टुटेको छ । नवलपुरको बजार क्षेत्रमा आउने सडक यस अघिनै पानीले क्षति पुर्याई यातायात सञ्चालन हुन सकेको छैन् । कालीगण्डकी नदीको पुलमा समेत क्षति पुगेपछि तनहूँसँगको समेत सडक सम्पर्क टुटेको हो । यसअघि समेत सो पुलमा बाढीले क्षति पुर्याउदा बौदीकालीको बजारक्षेत्रसँगको यातायात सम्पर्क टुटेको थियो ।
पुलको तनहूँतर्फको भागमा क्षति पुगेको बौदीकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले बताउनुभयो । पुलको तनहूँतर्फको भागको विङ्ग वाल नदीले कटान गरेकाले पुल भएर यातायात सञ्चालन गर्न नमिल्ने भएकाले आवागमन बन्द भएको उहाँले बताउनुभयो ।
पुलमा क्षतिपुगेकाले सवारी साधन र पैदल दुवै किसिमले आवतजावत नगर्न समेत प्रमुख प्रशासकीय अधिकृत सुवेदीले अनुरोध गर्नुभएको छ ।पुल मर्मतकालागि सरोकारवालासँग समन्वय भइरहेको उहाँले बताउनुभयो ।
आकस्मिक सेवाकालागि सम्बन्धित वडा कार्यालय ,इलाका प्रहरी कार्यालय वा गाउँपालिकामा सम्पर्क गर्न समेत प्रमुख प्रशासकीय अधिकृत सुवेदीले अनुरोध गर्नुभएको छ ।अविरल वर्षाका कारण गाउँपालिकामा रहेका खानेपानी आयोजना, सडक ,पुल लगायतका संरचनामा पूर्ण रुपमा क्षति पुर्याएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |