२०८० आश्विन १२, शुक्रबार
चोरमारा । नेकपा एमालेमा समान्तर गतिविधि गर्दा नवलपुरमा गठन गरिएको समान्तर जिल्ला कमिटी नेकपा (एकिकृत समाजवादी) जिल्ला कमिटीमा रुपान्तरण भएको छ ।
आज कावासोतीमा भएको भेलाबाट सालिकराम भट्टराईको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको हो । डा. गोपाल खनालको प्रमुख आतिथ्यतामा आइतबार कावासोतीमा भएको भेलाले ६३ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।
भेलाले नवलपुरबाट धनन्जय शर्मालाई केन्द्रिय प्रतिनिधि चयन गरेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । जिल्ला कमिटीको उपाध्यक्षमा गणेशमान महतो (कावासोती), सचिवमा झविलाल राना (हुप्सेकोट), उपसचिवमा सुस्मा काफ्ले (प्रगतिनगर) लाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा डा. गोपाल खनाल, भरत तिवारी, खगराज कंडेल (देवचुली), श्यामप्रसाद भुसाल, ठाकुर पराजुली (विद्यार्थी), प्रेमनारायण पाण्डे (युवा), प्रेम विक (दुम्किबास), अर्जुन पाण्डे (विनयी त्रिवेणी), अर्जुन विक (विनयी त्रिवेणी), गोविन्द विक (कावासोती), कपिल प्रसाद काफ्ले (कावासोती) लाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा मदन गिरी (कावासोती), कपिल न्यौपाने (कावासोती), हुमकान्त पराजुली (देवचुली), धनलाल भुसाल (देवचुली), टिकाराम पौडेल (गैडाकोट), अग्निधर पाठक (मध्यविन्दु) लगायतलाई चयन गरेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |