२०८० आश्विन ५, शुक्रबार
मैनाघाट । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जुवातास खेलिरहेका सात जनालाई पक्राउ गरेको छ । प्रहरीले आज दिउसो मध्यबिन्दु नगरपालिका १३ मैनाघाटबाट जुवातास खेलिरहेका ७ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले मध्यबिन्दु १३ का ३८ वर्षीय डोल बहादुर सारुँ, ४३ वर्षीय बल बहादुर सारुँ, ३५ वर्षीय विरेन्द्र थापा, ३६ वर्षीय सूर्य प्रसाद खनाल, ४० वर्षीय टुल बहादुर सारुँ, २८ वर्षीय यम सोमै र लमजुङ बेसीसहरका ११ का ४२ वर्षीय सुवास बाबु पाण्डे पक्राउ परेका हुन् ।
उनीहरूको साथमा ५९ हजार ८९० रुपैयाँ समेत बरामद गरिएको सूचना अधिकारी मधुसुदन सिंहले बताउनुभयो । पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्र्तगत अनुसन्धान अगाडि बढाइएको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |