२०८० आश्विन ५, शुक्रबार
तीर्थराज डुम्रे ।
चोरमारा । नेकपा एमाले विभाजन गरि नेकपा ९एकिकृत समाजवादी० पार्टी गठन गरेपछि विगतमा माधवकुमार नेपाल पक्षमा रहेका नवलपुरका अधिकाम्स एमाले नेताहरूले नेपालको साथ छाडेका छन् ।
विगतमा माधव पक्षमा रहेका केन्द्र देखि जिल्ला तहका नेताहरूले नेपालको साथ छाडेका हुन् । एमाले र माओवादी केन्द्रको एकिकरण पछि बनेको नेकपामा माधव नेपालको कोटाबाट केन्द्रीय सदस्य हुनुभएका रविन्द्र अधिकारीले पार्टी विभाजनमा साथ दिन नसक्ने भन्दै नेता नेपालको साथ छाड्नु भएको छ । उहाँ एमाले सचिव गोकर्ण विष्ट युवा संघको अध्यक्ष हुदाँ युवासङ्घको महासचिव हुनुहुन्थ्यो । पार्टी एकता कायम गर्न आफूहरूले गरेको निरन्तर प्रयासका बाबजुद नेपालले नयाँ पार्टी गठन गरेपछि उहाँलाई साथ दिन नसकेको उहाँले बताउनुभयो । विभाजनले कम्युनिष्ट आन्दोलनलाई क्षति पु¥याउने भन्दै उहाँले पार्टी भित्र देखिएका आन्तरिक विवादलाई छलफलबाट नै समाधान गर्न सकिन्छ भन्ने विश्वासका आफूहरू एकताबद्ध एमालेको पक्षमा आफू रहेको बताउनुभयो ।
विगतमा नेपाल पक्षको जिल्लामा नेतृत्व गर्दै आउनु भएका एमाले प्रदेश कमिटी सदस्य एवम् संविधान सभा सदस्य कृष्ण पौडेलले नेपालको साथ छाड्नु भएको छ ।
“म त देशका सबै कम्युनिष्ट पार्टीहरु बीचको एकता हुन पर्छ भन्छु तरपनि अदालतबाट माओवादी केन्द्र र एमाले पुरानै अवस्थामा पुगेपछि कम्तीमा एमाले एकबद्ध हुन पथ्र्यो । त्यो हुन सकेन” नेता पौडेलले भन्नुभयो–“अहिले म जुन पार्टीमा छु त्यहीं पार्टीमा नै छु ।”
सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले पुरानै अवस्थामा पुगेबाट नै पौडेल सहित नेपाल पक्षका जिल्ला स्तरका धेरै नेताहरू एमाले जिल्ला कमिटी तथा नगरकमिटी बैठकहरूमा सहभागि हुँदै आउनु भएको छ । उहाँले पार्टी विभाजन अगाडि नै नेता नेपालको साथ छाडेको चर्चा जिल्लामा थियो । यसबीच एमाले सचिव पृथ्वी सुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री रहँदा नै पौडेलले पोखरामा गएर सुब्बालाई भेटे गरेपछि जिल्लामा एमाले संस्थापन पक्षको गतिविधिमा सहभागी हुनुहुन्थ्यो । सोही भेटपछि पौडेलको सिफारिसमा उहाँ निकटका केही युवाहरूले जिल्ला खेलकुद विकास समिति सदस्य समेत बनेका छन् ।
नेता पौडेल एमालेमा सक्रिय भएपछि जिल्लामा माधव नेपालले विगतमा गठन गरेको समान्तर कमिटी गठन हुन नसकेपछि स्वयम् नेपाल नै जिल्ला कमिटी गठनको लागि जिल्ला आउनुपर्ने अवस्था सृजना भएको थियो ।
नवलपुरको कावासोती नगरपालिका र गैंडाकोट नगरपालिकाका नगर प्रमुख नेकपा एमालेबाट निर्वाचित छन् । कावासोती नगरपालिका र देवचुली नगरपालिकामा उपप्रमुख र हुप्सेकोट गाउँपालिकामा उपाध्यक्ष एमालेबाट निर्वाचित भएका थिए । जसमध्ये गैंडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेल नेपाल निकट हुनुहुन्थ्यो । पार्टी विभाजन पछि तपाईं कता हुनुहुन्छ भन्ने प्रश्नमा नगरप्रमुख पौडेलले आफु एमालेमा नै रहेको बताउनुभयो । “अरु पार्टीमा जाने भन्ने कुरा हुदैन म जुन पार्टीमा थिए त्यही पार्टीमा नै छु । पार्टी विभाजनमा साथ दिन सकिन्न”– पौडेलले भन्नुभयो ।
विगतमा माधव पक्षमा रहेका नवलपुरका एमाले नेताहरू बिष्णु प्रसाद भषाल, यमुनाथ आचार्य, मुक्ती प्रसाद पाण्डे सहितका नेताहरू भने पहिलो पटक प्रतिनिधि सभा विघटन हुदाँ देखि नै केपी शर्मा ओली नेतृत्वको एमालेमा सक्रिय हुनुहुन्छ ।
नेकपा ९एकिकृत समाजवादी० दर्ता पछि विगतमा जिल्लामा समान्तर कमिटी गठनमा साथ दिएका केही नेताहरू भने अहिले अन्यौल देखिएका छन् । सिटिभिटीका पूर्व उपाध्यक्ष एवम् मध्यविन्दु जिल्ला अस्पताल नवलपुरका वर्तमान अध्यक्ष रहेका डा। गोपाल खनालले आफूहरू सल्लाहमा रहेको बताउनु भएको छ । अहिले नै ठोस निर्णय नभएको भन्दै उहाँले जिल्ला र केन्द्रका साथिहरुसंग सल्लाहमा रहेको बताउनुभयो । यस्तै अनेरास्ववीयु नवलपरासीका पूर्व अध्यक्ष एवम् युवा नेता मदन गिरीले आहिलेसम्म कुनै टुंगो नलागेको बताउनुभयो ।
जिल्लामा एमालेका प्रदेश कमिटी सदस्य धनन्जय शर्मा, एमाले समान्तर कमिटीका जिल्ला अध्यक्ष शालिकराम भट्टराई, सचिव झविलाल राना सहितका केही नेताहरूले भने नेकपा ९एकिकृत समाजवादी० मा रहेको बताउनु भएको छ । नेता शर्माले आफू नेकपा ९एकिकृत समाजवादी० मा रहेको बताउनुभयो । अन्य थप साथिहरुसंग समेत छलफल भइरहेको उहाँले बताउनुभयो । तत्कालिन एमाले समान्तर कमिटीका अध्यक्ष भट्टराईले आफू एकिकृत समाजवादीमा रहेको भन्दै थप नेता तथा कार्यकर्ताहरुसंग छलफलमा रहेको बताउनुभयो । अनेरास्ववीयु नवलपुरका संयोजक ठाकुर पराजुलीले आफु नेकपा ९एकिकृत समाजवादी० पार्टीमा रहने बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |