२०८० आश्विन ५, शुक्रबार
हुप्सेकोट । नवलपरासी (बर्दघाट सुस्तापूर्व )नवलपुरको हुप्सेकोट गाउँपालिकामा पहिरोमा परि तीन जना वेपत्ता भएका छन् ।
अविरल वर्षाका कारण गएको पहिरोमा परेर हुप्सेकोट गाउँपालिका ४ माथिल्लो चार घरेका तीन जना बेपत्ता भएका हुन् । पहिरोमा परि बेपत्ता हुनेमा एकै परिवारका रहेका छन् ।
हुप्सेकोट गाउँपालिका ४ का अध्यक्ष रोशन थापाका अनुसार बेपत्ता हुनेमा हस्त बहादुर पुलामीका श्रीमती धनमाया पुलामी, नातिनीहरू भुमिसार पुलामी र देउमाया पुलामी रहेका छन् ।
हस्त बहादुर पुलामीको भने गम्भिर अवस्थामा उद्धार गरिएको वडा अध्यक्ष थापाले बताउनुभयो । सुरक्षाकर्मीको टोली अहिले घटना स्थलमा पुगेको र बेपत्ता भएकाहरूको खोजीकार्य भइरहेको उहाँले बताउनुभयो ।
पहिरोका कारण सोही स्थानका पदम बहादुर पुलामी घरमा समेत क्षति पुर्याएको वडा अध्यक्ष थापाले बताउनुभयो । अविरल वर्षाका कारण माथिल्लो चार घरेका १७ घर पहिरोको जोखिममा परेका छन् । अविरल वर्षाका कारण सोही वडाको शंखदेवमा समेत एक घरमा क्षति पुगेको उहाँले बताउनुभयो । वडाका विभिन्न स्थानमा पहिरोले सडकमा क्षति पुर्याएको वडा अध्यक्ष थापाले बताउनुभयो ।
यसै गरि लेकाली युवा क्लबको फुटबल ग्राउण्ड समेत गिरुवारी खोलाले बगाएको छ । वडामा बाढीले खेती योग्य जमिनको कटान र डुबान गरेको उहाँले बताउनुभयो । शंखदेव र नयाँगाउँ जोड्ने पुलमा समेत बाढीले क्षति पुर्एको वडा अध्यक्ष थापाले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |