२०८० आश्विन १४, आईतबार
कावासोती । नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा ८७ हजारको काम गरि करिब ८ लाख बढी रकम निकासा भएको पाइएको छ ।
महालेखा परिक्षकको कार्यालयले हालै मात्रै सार्वजनिक गरको अन्ठाउन्नौ प्रतिवेदन अनुसार करिब ८७ हजार भुक्तानी हुनुपर्नेमा ८ लाखको हाराहारीमा बढी भुक्तानी गरिएको देखिएको छ ।
जिल्लामा बेरुजुको रकम समेत बढ्दै जानुमा यस्ता कार्यले प्रभाव पारेको छ । माहालेखा परिक्षकको प्रतिवेदनमा विनयी त्रिवेणी गाउँपालिकाको भानुदयको नमूना भवन बनाउदा जिल्ला दर रेट भन्दा धेरै रकम निकासा भएको देखिएको छ ।
भानुदय नमूना भवन निर्माणको लागि लागत अनुमान गर्दा स्विकृत दर विश्लेषण गर्दा प्रति घन मिटर १३ हजार ७७९ हुनेमा बढी रकम राखि लागत अनुमान गरेका कारण ६।३ घनमिटरको स्विकृत दर रेट अनुसार ८७ हजार मात्रै भुक्तानी गर्नुपर्ने प्रतिवेदन अनुसार हुन आउछ । तर ८ लाख ६८ हजार भुक्तानी गरिएको देखिएको छ । भवन निर्माण गर्दा ७ लाख ८१ हजार बढी भुक्तानी गरिएको पाईएको छ । महालेखाले सो बढी भुक्तानी गरिएको रकम असुल गर्न समेत भनेको छ । विनयी त्रिवेणी गाउँपालिकामा महालेखाको प्रतिवेदन अनुसार ४ करोड ६९ लाख ४ हजार रकम बेरुजु रहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |