२०८० आश्विन ५, शुक्रबार
कावासोती । नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिकाले कालिगण्डकी नदिबाट ढुङ्गा गिट्टी ,बालुवा प्रतिस्पर्धा विना निकाल्दा असुल गर्नुपर्ने भ्याट रकम दाखिला गर्न महालेखाले भनेको छ । महालेखा परिक्षकको अन्ठाउन्नौ प्रतिवेदनमा मूल्य अभिवृद्धि करको १३ लाख ४७ हजार दाखिला नगरेको भन्दै उक्त रकम असुल गरि सम्बन्धीत खातामा दाखिलाको लागि भनिएको छ ।
प्रतिवेदनमा भनिएको छ‘ कालिगण्डकी नदिको बिभिन्न घाटबाट ढुंगा,गिट्टी ,बालुवा संकलन कार्य प्रतिस्पर्धा नगराई १ करोड ३ लाख ६७ हजार शुल्क लिने सम्झौता गरेकोमा मूल्य अभिवृद्धि कर १३ लाख ४७ हजार असुल गरेको छैन । उक्त रकम असुल गरि सम्बन्धीत खातामा दाखिला गनूपर्दछ’ । बुलिङटार गाउँपालिकामा महालेखाको प्रतिवेदन अनुसार २ करोड ५७ लाख १७ हजार बेरुजु रहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |