२०८० आश्विन ११, बिहिबार
धौबादी । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा पर्ने धौबादीमा रहेको रुद्रपुर गढी र यस आसपास रहेका पर्यटकीय स्थानको संरक्षण र विकास गर्न यस वर्ष चार करोड बढी रकम छुट्टाइएको छ ।
संघीय सरकारको दुई करोड ८ लाख र गाउँपालिकाको दुई करोड ८ लाख रुपैयाँ गरि रुद्रपुर गढी पर्यटकीय विकास कार्यक्रमका लागि चार करोड १६ लाख रुपिँया छुट्टाईएको हो । गाउँपालिकाले सेनकालिन इतिहाससंग जोडिएको रुद्रपुर गढी सहित हुरहुरेमा रहेको गोलपोखरी शान्तिपार्कको विकासका लागि यस अघि नै योजना अगाडि बढाएको थियो । तर , सानो रकमले योजना पुरा गर्न सक्ने अवस्था नरहेकाले गाउँपालिकाले संघीय सरकारसँग रकम माग गरेर यस वर्षबाट कार्यक्रम सुरु गर्न लागेको गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले बताउनुभयो ।
रुद्रपुर गढीमा सेनकालीन राजाको दरबारको भग्नावशेष, दरबारको सुरक्षाका लागि वरिपरिबाट खनिएको खाल्डो , सेनाहरूले परेड खेल्ने टुँडिखेल ,सुरुङ्गहरु रहेका छन् । ऐतिहासिक महत्वको क्षेत्र भएकाले यसको विकास सँगै प्रर्वद्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने , जसबाट गाउँपालिकाको आर्थिक समृद्धिमा पनि टेवा पुग्ने भएकाले गाउँपालिकाले यस कार्यलाई प्राथमिकतामा राखेको पाण्डेले बताउनुभयो । छिट्टै विस्तृत आयोजना प्रतिवेदन ९ डिपिआर ० तयार गरेर कार्य अगि बढाइने उहाँको भनाई छ ।
यस्तै रुद्रपुर गढीमै प्रदेश स्तरीय हिल स्टेसन समेत निर्माण गर्न प्रकृया अगि बढाइएको उहाँले बताउनुभयो । चौतर्फी रुपमा पर्यटनको विकास गर्न र सबैखाले पर्यटकलाई आकर्षित गर्न हिल स्टेसन निर्माणको योजना अगि सारिएको अध्यक्ष पाण्डेले बताउनुभयो । हिल स्टेसनमा आर्कषक बगैंचा, भ्यु टावर, कोशेली घर, सामुदायिक लज, मनोरञ्जन घर, निजी रिसोर्ट , खेलका पूर्वाधार लगायतका भौतिक संरचना निर्माण गरिने उहाँले बताउनुभयो । पर्यटन बोर्डले हिल स्टेसनको विस्तृत आयोजना प्रतिवेदन ९ डिपिआर ० तयार गरेर भर्खर फर्किएको पाण्डेले जानकारी दिनुभयो । हिल स्टेसनको निर्माणको लागि पर्यटन बोर्डले ४७ करोड रुपियाँको बजेट प्रस्ताव गरेको उहाँले बताउनुभयो ।
रुद्रपुर गढीलाई जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रकाशकीय अधिकृत पवन अर्यालले बताउनुभयो । गाउँपालिकाले प्रतेक वर्ष रुद्रपुर गढी र आसपासको क्षेत्रको विकासका लागि काम गर्दै आइरहेको छ । रुद्रपुर गढीमा पदमार्ग विस्तार, गोलपोखरी शान्तिपार्कमा विभिन्न संरचनाहरू निर्माण , लाली गुराँस संरक्षित क्षेत्र लगायतका काम भइरहेको उहाँले बताउनुभयो । यसबाट नवलपुरको पहाडी क्षेत्रको पर्यटनको माध्यमबाट विकासमा टेवा पुग्ने अपेक्षा लिएको छ । पर्यटकीय क्षेत्रका रुपमा विकास र प्रर्वद्धन गर्न सके यस क्षेत्रका बासिन्दाको आर्थिक अवस्था सुधारमा समेत सहयोग पुग्ने विश्वास लिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |