२०८० आश्विन ५, शुक्रबार
हुप्सेकोट । हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ) ले हुप्सेकोटका पहिरो विस्थापितका लागि बुधबार (आज) खाद्यान्न र व्यक्तिगत स्वास्थ्य तथा सरसफाईका सामाग्री हस्तान्तरण गरेको छ । संस्थाको तर्फबाट कार्यक्रम संयोजक विष्णु प्रसाद कँडेलले गाउँ पालिकाको तर्फबाट शिबिर व्यवस्थापनमा खटिनु भएका गाउँ शिक्षा अधिकृत माधव राज गौतम लाई करिब अट्ठाइस हजार रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गुर्नभएको हो ।
वर्षाका कारण सिंगो बस्तीनै जोखिममा भएकोले गत हुप्सेकोट गाउँपालिका ५ का १८ घर परिवारका १२७ जना लाई वडा नं. १ को जनता मा वि मा अस्थायी रुपमा वासस्थानको गाउँपालिकाले आफ्नै व्यवस्थापन सञ्चालन गर्दै आएरहेको छ ।
विस्थापित व्यवस्थापन गरिएको शिविरमा दैनिक उपभोग्य खाद्यान्न लगायत सामाग्रीको अभाव भएको ,दैनिक १ क्विन्टल चामलको भात पकाउनु पर्ने ,करिब ४० देखी ५० केजी आलु लगायत तरकारीको खपत हुने गौतमले बताउनुभयो ।
लामो समय सम्म खाद्यान्नको व्यवस्थापन गर्दा कठिनाइ बढ्दै गएकोले सहयोग जुटाउन गैरसरकारी संस्था महासंघ जिल्ला शाखा मार्फत अनुरोध गरिएकाले गास नै रोकिने अवस्था आउन नदिन आँफुहरुले सानो सहयोग गरेको कँडेलले बताउनुभयो । यो सहयोग उल्लेखनीय होइन तर यसले दिने संदेश ठुलो हुन सक्छ आपत विपतका वेला सबै मिलेर केही न केही गरौँ भन्ने हो उहाँले भन्नुभयो । यसरी यति ठुलो जनसंख्या लाई दैनिक रुपमा विना रोजगारी लामो समय सम्म शिविरमा राखेर व्यवस्थापन गर्न गाह्रो कुरा भएको र गाउँपालिकाले हाल सम्म गरेको यस कार्यका लागि पालिकाको स्रहना गर्नु भयो । ‘संधै यसै गरी हुँदैन उहाँहरूको स्थायी वासस्थानको व्यवस्थापन गर्नुपर्दछ पालिकाले प्रक्रिया अगाडि बढाएको थाहा पाएको छौं सबैले अल्पकालीन र दीर्घकालीन व्यवस्थापनका सहयोग गरौँ भन्ने अनुरोध गर्दछु ’ कँडेलले भन्नुभयो ।
गाउँपालिकाको तर्फबाट माधवराज गौतमले हिकोडेफले यस मानवीय कार्यमा जनाएको ऐक्यवद्धता र सहयोगको लागि आभार प्रकट गर्दै हिकोडफ लगायतका जिल्लाका अगुवा संघ संस्थाहरूबाट यसको तत्कालीन व्यवस्थापन र केही अस्थायी आवासका लागि गाउँपालिका स्तरीय विपत व्यवस्थापन समितिले निर्णय गरेको ठाउँमा टहरा लगायत निर्माण कार्यमा समेत सहयोग जुट्ने अपेक्षा राखेको बताउनु भएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |