२०८० मंसिर २०, बुधबार
नवलपुर । पूर्वी नवलपरासीमा धानको बीउ उत्पादन कार्यक्रम सञ्चालन गरिएको छ । कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासी र किसान मिलेर यहाँको दुई वटा स्थानीय तहमा धानको बीउ उत्पादन गर्न खेती गरिएको छ । बिनयी त्रिवेणी गाउँपालिकाको वडा नं २ र ४ गैंडाकोट नगरपालिकाको वडा नं. ११ , १२ मा यो कार्यक्रम सञ्चालन गरिएको हो । कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा रामधान , वार , सावा मन्सुली जातको धान खेती गरिएको छ ।
दुई वटा कृषक समूह र एक जना व्यक्तीले गरि १२ वीघा क्षेत्रफलमा अहिले धानको बीउ उत्पादन गर्न खेती गरिएको छ । बीउ राम्रो र गुणस्तर भएमा उत्पादन पनि राम्रो हुने भएकाले बीउ उत्पादनलाई ज्ञान केन्द्रले प्राथमिकतामा राखेको कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासीका प्रमुख गोपाल लामिछानेले बताउनुभयो । गण्डकी प्रदेशको सबैभन्दा बढि धान खेती हुने जिल्ला पूर्वी नवलपरासी भएकाले यस जिल्लालाई धानमा आत्मनिर्भर गराउँदै अन्यत्र निर्यात समेत गर्ने लक्ष्यका साथ यो कार्यक्रम सुरु गरिएको लामिछानेले बताउनुभयो । किसानले सुचिकृत नभएका बीउ , भारतबाट चोरीछिपी ल्याएको बीउ प्रयोग गर्दा धान उत्पादन नहुने , विभिन्न समस्या देखिदा किसानले नोक्सान बेहोर्नु पर्ने र उत्पादनमा ह्रास आउने भएकोेले गुणस्तरीय बीउ उत्पादनमा जोड दिन यो कार्यक्रम गरिएको लामिछानेले बताउनुभयो । आफ्नै ठाउँमा बीउ उत्पादन गरेर बीउमा पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिन पनि यो कार्यक्रम गरिएको उहाँको भनाई छ ।
दुम्किवासमा धान खेती गर्नुभएका किसान खड्क बहादुर कमालले ज्ञान केन्द्र संग समन्वय गरेर पहिलो पटक बीउको लागि धान खेती गरिएको बताउनुभयो । उत्पादन भएपछि बजारको अवस्था राम्रो भएमा यस कार्यलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।
जिल्लामा अन्य विभिन्न संघसंस्था र सहकारी संस्थाले पनि बीउ उत्पादन गर्ने काम गरिरहेका छन् । कृषि ज्ञान केन्द्रको प्रत्यक्ष लगानीमा यसवर्ष दुई स्थानीय तहमा खेती गरिएको हो । कार्यक्रम सफल भए विस्तार गरिदै लगिने जनाईएको छ ।
उत्पादन भएको बीउको बजारीकरणका लागि पनि ज्ञान केन्द्रले जिल्लाकै देवचुली स्थीत लालीमा कृषि सहकारी संस्थासंग समन्वय गरेको छ । भने , बाहिरी जिल्लामा समेत समन्वय गरिएको कृषि ज्ञान केन्द्रकी बाली विकास अधिकृत मीरा चौधरीले जानकारी दिनुभयो ।
यसैबीच बीउका लागि लगाईएको धानमा रोग किरा देखिएको गुनासो किसानले गरेपछि कृषि ज्ञान केन्द्रले अनुगमन समेत गरेको छ । अनुगमनका क्रममा धानमा गबारो , हिस्वा , ब्याक्टेरीया , ढुँसीजन्य रोग देखिएको वरिष्ठ बाली संरक्षण अधिकृत पर्शुराम अधिकारीले जानकारी दिनुभयो । कहिँकतै खाद्य तत्वको कमीले पनि पात पहेँलो हुने, सुक्ने गरेको उहाँले बताउनभयो । तर , आत्तीहाल्नुपर्ने अवस्था भने , नरहेको उहाँले बताउनुभयो ।
अनुगमनका क्रममा बीउको धानमा वेजात देखिएपछि तुरुन्तै उखालेर फालिएको थियो । आफुले लगाएको धान भन्दा फरक प्रकृतीको धान देखिएमा त्यसलाई तुरुन्तै फाल्नुपर्ने बाली विकास अधिकृत चौधरीले बताउनुभयो । वेजातले बीउको गुणस्तरमा असर गर्ने उहाँले बताउनुभयो ।
यस्तै बिनयी त्रिवोी गाउँपालिका ४ सर्दीमा गरिएको अनुगनमा केही मात्रामा ब्लयाक हिस्वा देखिएको देवचुली नगरपालिका कृषि शाखा प्रमुख नरेन्द्र भण्डारीले बताउनुभयो । खेतमा पानी बढी हुँदा यी किरा देखिने उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |