२०८० मंसिर २०, बुधबार
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा विभिन्न वडामा रहेका विपन्न बोटे , माझि ,मुसहर समूदायलाई घर निर्माण गरेर प्रदान गरिएको छ ।
कावासोती नगरपालिकाको पाँच वटा वडाका १७ घर परिवारलाई घर निर्माण गरेर प्रदान गरिएको हो । नेपाल सरकारलको तराई मधेश संमृद्धि कार्यक्रम र कावासोती नगरपालिकाको खरको छानो मुक्त घर बनाउने योजना अनुसार विपन्न समुदायलाई घर निर्माण गरि प्रदान गरिएको हो । वडा नम्बर ,१० , १२ , १३ १५ , र १७ मा गरि १७ वटा घर निर्माण गरि प्रदान गरिएको हो ।
खरको छानोलाई विस्थापित गर्दै विपन्न समुदायका १७ घर परिवारलाई टिनले छाएको पक्कि दुई कोठाको घर निर्माण गरि प्रदान गरिएको कावासोती नगरपालिका उपप्रमुख प्रेम शंकर मर्दनीया थारुले जानकारी दिनुभयो । नगरपालिकाले नगर भित्र खरको छानो मुक्त नगर वनाउने र गरीब विपन्न परिवालाई आवासको उचित ब्यवस्था गर्ने उद्येश्य अनुसार गएका वर्षहरुबाट नै नगरभित्रर रहेको विपन्न समुदायका परिवारलाई घर निर्माण गरि प्रदान गर्ने काम गरिरहेको मर्दनीयाले बताउनुभयो । नगरभित्रका विपन्न समुदाय मध्ये पनि पहिलो प्राथमिकतामा बोटे , माझी , मुसहर समुदायलाई राखेको उहाँले बताउनुभयो । कार्यक्रमलाई निरन्तरता दिदैँ आउने दिनहरुमा अन्य विपन्न परिवारलाई पनि घर प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।
तराई मधेश संमृद्धि कार्यक्रमको ३५ लाख र कावासोती नगरपालिकाको ७ लाख गरेर ४२ लाख रुपैँया लागतमा घर निर्माण भएको कावासोती नगरपालिकाका आर्किटेक ईन्जीनियर पवन रुपाखेतीले जानकारी दिनुभयो । घर निर्माणमा लाभाग्राहीले श्रमदान गरेको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |