२०८० आश्विन १२, शुक्रबार
गंगा विश्वकर्मा
चोरमारा । नवलपरासी पूर्व नवलपुर जिल्लामा २०७७ माघ पहिलो साता देखि सञ्चालन भएको राष्ट्रिय परिचय पत्र तथ्याङ्क संकलन कार्य सकिएको छ ।
राष्ट्रिय परिचय पत्र तथ्याङ्क संकलनको लागि स्थानीय तह र वडामा परिचालित टोलिले आफ्नो काम सम्पन्न गरेको नवलपरासी पूर्व नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहन थापाले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वमा भने नियमित रुपमा परिचय पत्र तथ्याङ्क संकलनको कार्य सञ्चालन हुने उहाँले बताउनुभयो ।
माघ ५ गते जिल्लाको गैंडाकोट नगरपालिकाबाट शुरु भएको तथ्यांक संकलन कार्यक्रम भदौं ६ गते मध्यविन्दु नगरपालिकामा तथ्याङ्क संकलनको कार्य सम्पन्न भएसंगै सकिएको हो । गत आर्थिक वर्षको असार मसान्त सम्ममा तथ्याङ्क संकलनको कार्य सम्पन्न गर्ने लक्ष्य रहेको भएपनि कोभिड–१९ को दोस्रो लहरको कारण एक महिना ढिला गरि संकलन टोलिले कार्य सम्पन्न गरेको सहायक प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो ।
परिचय पत्र तथ्याङ्क संकलन टोलिले यो अवधिमा एक लाख ८४ हजार दुई सय ३९ जनाको तथ्याङ्कक संकलन गरेको छ । यस्तै यही अवधिमा जिल्ला प्रशासन कार्यालयमा परिचय पत्र तथ्याङ्क भर्नेको संख्या नौं हजार आठ जना रहेको छ ।
परिचय पत्र तथ्याङ्क संकलन टोलिले जिल्लाको मध्यविन्दु नगरपालिकामा ३२ हजार आठ सय ६३ जना, गैंडाकोट नगरपालिकामा ३६ हजार दुई सय ७४ जना, देवचुलि नगरपालिकामा २८ हजार चार सय ६२ जना, कावासोती नगरपालिकामा ३९ हजार तिन सय २७ जना, हुप्सेकोट गाउपालिकामा १४ हजार चार सय २७ जना, बुलिंटार गाउपालिकामा ७ हजार पाँच सय ३० जना, बौदीकालि गाउँपालिकामा ६ हजार आठ सय ८५ जना र विनयी त्रिबेणी गाउपालिकामा १८ हजार चार सय ७१ जनाको तथ्यांक संकलन गरेको छ ।
अब राष्ट्रिय परिचय पत्र तथ्याङ्क संकलनको लागि पुनः टोलि स्थानीय तहमा जाने छैन । यो अवधिमा तथ्याङ्क भर्न छुटेकाले जिल्ला प्रशासन कार्यालयमा आएर तथ्याङ्क भर्न सक्ने सहायक प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो । यसअघि स्थानीय तहमा गएको टोलि अन्य जिल्लामा गई सकेको थापाले बताउनुभयो । अब जिल्लामा तथ्याङ्क संकलनको लागि जिल्ला प्रशासन कार्यालयमा नै दुई जना छुट्टै कर्मचारी रहेछन् । उनिहरुले नयाँ नागरिकता बनाउन आउने सेवाग्राही र यस अगाडी तथ्याङ्क भर्न छुटेका व्यक्तिहरुको तथ्याङ्कक संकलन गर्ने थापाले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |