२०८० आश्विन १२, शुक्रबार
चोरमार । नवलपुर प्रहरीले जिल्लाको मध्यविन्दु–६ टाँडीबाट जुवातास खेलिरहेको समयमा ८ जनालाई पक्राउ गरेको छ । मध्यविन्दु–६ का शत्रुघन थापाको घरमा हारजित हुने गरी तास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका इन्स्पेक्टर मधु सिंले जानकारी दिनुभयो ।
प्रहरीले उनिहरुको साथबाट नगद ३६ हजार ६ सय ८० रुपैया समेत बरामद गरेको छ । पक्राउ पर्नेहरुमा मध्यविन्दु नगरपालिका ६ का ६० वर्षीय शत्रुघन थापा, ५१ वर्षीय गंगाराम थारु, ५६ वर्षीय मिना कुमारी रावल थापा, मध्यविन्दु ५ का ६० वर्षीय रेवती रमन घिमिरे , २८ वर्षीय लालबहादुर नेपाली , मध्यविन्दु ७ बस्ने ४४ वर्षीय दोरणलाल श्रेष्ठ, ४० वर्षीय सुरेश बोहरा, मध्यविन्दु ८ बस्ने ४९ वर्षीय अशोक गुरुङ रहेकाछन् ।
पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको सिंले जानकारी दिनुभयो । उनिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको इन्स्पेक्टर मधु सिंले जानकारी दिनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |