२०८० मंसिर २४, आईतबार
कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरमा १७ प्रतिशतले कोभिड १९ विरुद्धको पूर्ण खोप लगाएकाछन् । २०६८ को जनगणना अनुसार जिल्लाको जनसंख्या ३ लाख ११ हजार ६०४ रहेको छ । यस जनसंख्याको आधारमा कुल १७ दशमलन ४७ प्रतिशतले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । अर्थात नवलपरासी पूर्व नवलपुरमा हाल सम्म ५४ हजार ४६१ जनाले पूर्ण खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले बताउनुभयो ।
प्रमुख चापागाईंका अनुसार कोभिशिल्ड÷एस्ट्राजेनेकाको पहिलो मात्रा खोप १७ हजार ४८६ र दोश्रो मात्राको खोप १६ हजार ३२२ जनाले लगाएकाछन् ।
जिल्लामा सबैभन्दा धेरै भेरोसेल खोप लगाईएको छ । भेरोसेल खोप ४० हजार ५४ जनाले पहिलो मात्रा र २३ हजार १११ जनाले दोश्रो मात्रा खोप लगाएका छन् । पहिलो मात्रामा भेरोसेल खोप लगाएकालाई दोश्रो मात्राको खोप लगाउने कार्यक्रम जिल्लामा संचालनमा रहेको प्रमुख चापागाईंले बताउनुभयो । केही दिनमा दोश्रो मात्रा भेरोसेल खोप लगाउनेको संख्या बढ्ने उहाँले बताउनुभयो । यसले पूर्ण खोप लगाउनेको संख्या समेत बढ्नेछ ।
एक डोज मात्रै खोप लगाए हुने जेनसन खोप १५ हजार २८ जनाले लगाएको स्वास्थ्य कार्यालय प्रमुख चापागाईंले बताउनुभयो । नवलपुरमा करिब २ लाख ५० डोज खोप लगाउनुपर्ने अनुमान गरिएको स्वास्थ्य कार्यालय प्रमुख चापागाईंले बताउनुभयो । जिल्लामा आएको खोपलाई पूर्ण सदुपयोग गर्ने गरि उचित व्यवस्थापनकासाथ जिल्लाका स्थानीयमा रहेका स्वास्थ्य संस्था तथा खोप केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
नवलपुर भारतिय सिमाक्षेत्र सँग जोडिएको जिल्ला भएकाले कोभिडको जोखिम धेरै रहेको छ । खुला सिमाका कारण आवतजावत हुनेहुँदा जोखिम कायम रहेको छ ।
नवलपुरमा कोरोना संक्रमण हुनेको संख्या १० हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरको तथ्याङ्क अनुसार जिल्लामा हाल सम्म १० हजार ३५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । जसमध्य भदौ ४ गतेको तथ्याङ्क अनुसार नवलपुरमा हाल ४ सय ६७ सक्रिय संक्रमित रहेकाछन् । सक्रिय संक्रमितको संख्या पछिल्ला केही दिन यता घट्दो क्रममा रहेको छ ।
नवलपुरमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या १ सय ६१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख चापागाईंले बताउनुभयो । मृत्यु हुनेमा दोश्रो लहर शुरु भएयता गत बैशाख १ गते देखी हाल सम्म १ सय २९ जना रहेका छन् । पहिलो लहर भन्दा दोश्रो लहरमा धेरै मानवीय क्षति भएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |