२०८० आश्विन १४, आईतबार
कावासोती । नवलपरासीमा कम्युनिष्टको आन्दोलन इतिहास विशेषाङ्क विकल्पको बिहिबार बिमोचन गरिएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति नवलपुरले प्रकाशन गरेको विकल्प पुष्तक बिहिबार डण्डामा एक कार्यक्रमका बिच विमोचन गरिएको छ । पुस्तकको सहिद परिवारका सदस्य कुमारी कार्की र लालमाया परियारले विमोचन गर्नुभएको हो ।
नवलपरासीमा कम्युनिष्ट आन्दोलनको सुरुवात,विस्तार सहितको विविध आयाम समेटी पुस्तक प्रकाशन गरिएको सम्पादक मण्डलका संयोजक जनकलाल तिवारीले बताउनुभयो ।पुस्तकमा नवलपरासीको कम्युनिष्ट आन्दोलनको इतिहासलाई केलाउन खोजिएको सकभर सबै विषयलाई समेट्ने प्रयास गरिएको तिवारीले बताउनुभयो ।
४ सय ४४ पृष्टमा प्रकाशन गरिएको पुस्तक जिल्लाको कम्युनिष्ट आन्दोलनको दस्तावेज भएको राष्ट्रिय जनमोर्चा जिल्ला समिति नवलपुरका अध्यक्ष दिपक पाण्डेले बताउनुभयो । पुस्तक विमोचन कार्यक्रममा जिल्लाका बिभिन्न पार्टीका जिल्ला प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |