२०८० आश्विन १४, आईतबार
कावासोती । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जनविरोधी तथा लोकतन्त्र बिरोधी काम गर्दै गएको भन्दै बिरोधमा नवलपुरमा प्रदर्शन सहित पुत्ला दहन गरिएको छ । राष्ट्रिय युवा संघ नवलपुर ,अनेरास्ववियु नवलपुर , अनेम संघको आयोजनामा प्रदर्शन सहित प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।
बिरोध कार्यक्रम कावासोती स्थित नेकपा एमालेको पार्टी कार्यालयबाट सुरु भई र्याली सहित पुष्पलाल चोकमा पुगेर कोण सभा परिणत भएको थियो । सो क्रममा भारतीय सुरक्षाकर्मीले तुईन काट्दा ज्यान गुमाएका जय सिंह धामीलाई न्याय देउ, भूमि आयोग खारेज फिर्ता गर दल बिभाजन गर्ने अध्यादेश फिर्ता गर लगाएतका नारा समेत लगाईको थियो ।
पुष्पलाल चोकमा भएको कोण सभामा सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय महासचिव रमेश आचार्यले देउवा सरकार अन्धो भएको आरोप लगाउनुभयो । क्रमश देउवा सरकारले जन बिरोधी काम गर्दै अगाडी बढेको उहाँले आरोप लगाउनुभयो ।
महासचिव आचार्यले भूमिहिनहरुले पुर्जा पाउने तयारी हुँदा प्रधानमन्त्री देउवाले आयोगनै विगठन गरि भूमिका मालिकबन्न लागेका भूमिहिनलाई फेरी भूमिहिन र सुकुम्बासी बनाईराख्न खोजेको आरोप लगाउनुभयो । नेपालका भूमिहिनहरुलाई भूमि उपलब्ध गराउन गठन गरेको आयोग विघटनको निर्णय तत्काल फिर्ता गर्न उहाँले सरकारलाई समेत आग्रह गर्नुभयो ।
अफगानिस्तानमा बदलिदो राजनितिक परिस्थितीले अलपत्र परेका नेपालको उद्धारमा सरकारले चासो नदिएको भन्दै तत्काल उद्धारका कामगर्न सरकारलाई आग्रह समेत गर्नुभएको छ । संविधानले राजनितिक स्थायित्वको लागि गरेको व्यवस्था भत्काएर देउवा सरकारले अराजकता ,अन्योलता र अस्थितरता निम्ताउन खोजेको भन्दै तत्काल अध्यादेश फिर्ता लिन युवा संघले दबाव दिईरहेको बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |