२०८० आश्विन १२, शुक्रबार
कावासोती । कोभिडको महामारी सुरु हुदैं गर्दा शहरमा बसेका गाउँ गाउँमा फर्किर र बाँझो जमिन हराभरा भए भन्ने बहस चले । सुरुका समयमा कुटो कोदालो गरेका ,बारीमा खनजोत गरेका फोटोले पनि कोभिडकै समयमा सामाजिक सञ्जाल रंगिए । यसकारण लामो समय बाँझो रहेको जमिनमा खेती गरियो भन्ने अड्कल बाजी गरिए ।
सरकारले समेत बाँझो जमिनको सदुपयोगकालागि बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने कार्यक्रम अगाडी सार्यो । कोभिडको महामारीबाट रोजगार गुमाउनेको संख्या बढ्दो रहेको बेला सरकारले बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने बताउदा यसमा आकर्षण बढ्ने र कृषि उत्पादन बढ्ने अनुमान गरियो । तर कृषि ज्ञान केन्द्र नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको तथ्याङ्कले भने बाँझो जमिनमा खेती गर्नेको संख्या अनुदान लिनेको हिसाबले न्यून देखाएको छ ।
गत आर्थिक वर्षमा कृषि ज्ञान केन्द्र नवलपुर मार्फत बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साह गर्न ४०० रोपनीका लागि अनुदान दिने लक्ष्य राखिएको थियो । जसका लागि रु.१२ लाख विनियोजन गरिएकोमा जम्मा १२ जना किसानले मात्र ६२ रोपनी बाँझो जमिनमा खेती गरेकाले रु. १ लाख ८६ हजार लगेको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शंकर पौडेलले बताउनुभयो ।
तीन बर्ष देखी जग्गा बाँझो रहेको र कम्तीमा तीन रोपनीमा कृषिबाली लगाउने किसानले प्रति रोपनी तीन हजारका दरले प्रदान गर्ने गरिन्छ । यो आर्थिक वर्षमा भने प्रती रोपनी रु.५ हजारका दरले प्रदान गरिने सूचना अधिकारी पौडेलले बताउनुभयो । ‘कार्यक्रम उत्पादन बढाउने र कृषिमा रोजगारको अवशर शिर्जना गर्ने खालको भएपनी खासै चासो देखिएन’ सूचना अधिकारी पौडेलले भन्नुभयो–अहिले प्रति रोपनी प्रदान गरिने अनुदान बढाएकाले केही बढ्न सक्छ ।
बाँझो जमिनमा खेती गर्न चाहानेले कृषि ज्ञान केन्द्रमा बाली लगाउनु पूर्व निवेदन दिन सकिने उहाँले बताउनुभयो । बालि लगाएपछी पनि निवेदन दिन सकिन्छ , तर बाँझो थियो थिएन , अनुगममा एकिन गर्न ग्राहो हुने भएकाले बाली लगाउनु पूर्वनै निवेदन दिए सजिलो हुने सूचना अधिकारी पौडेलले बताउनुभयो । उहाँका अनुसार नगदे बालीलाई प्राथमिकता दिइएको छ । तर अन्य बाली लगाएपनी अनुदान प्रदान गरिने उहाँले बताउनुभयो । कृषि ज्ञान केन्द्र नवलपुरले यस आर्थिक वर्षमा २ सय रोपनी बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने लक्ष्य लिएको छ ।
नवलपुरमा कुल खेती योग्य जमिनको क्षेत्रफल ६० हजार ६६७ हेक्टर रहेको छ । तर अहिले ४९ हजार ७४७ हेक्टर क्षेत्रफलमा खेती हुदै आएको सूचना अधिकारी पौडेलले बताउनुभयो । अझैपनी १० हजार ९२० हेक्टर खेती योग्य जमिन बाँझो रहेको उहाँले बताउनुभयो । यस मध्य कतिपय यसै बाँझो रहेको र केही जग्गा खण्डिकरण गरि प्लटिङ गरिएको सूचना अधिकारी पौडेलले बताउनुभयो । कार्यालय मार्फत यो वर्ष खेती नगरी यसै बाँझो रहेको जमिनलाई कृषिमा प्रयोग गर्ने गरि अनुदान सहित प्राथमिकता दिएर काम गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |